Responsive Ad Slot

latest

फाल्गुनमा मध्यमाञ्चल महोत्सव हुने I

Tuesday, January 10

/ by Admin BHOLA THAPA

धुलिखेल पुस २६ गते ।
काभ्रे र आसपासका जिल्लाका कृषि, व्यापार, व्यवसाय, पर्यटन, घरेलु तथा लघु उद्यमलगायतका क्षेत्रहरुको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले फाल्गुनमा काभ्रेमा मध्यमाञ्चल महोत्सव हुने भएको छ । “सम्भावना पहिचान हाम्रो उद्देश्य, बढाऔँ लगानी बनाऔँ भविष्य” भन्ने नाराका साथ काभ्रे उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । जिल्ला विकास समिति काभ्रे, बनेपा, धुलिखेल र पनौती नगरपालिका, जिल्ला कृषि विकास कार्यलय, जिल्ला पशु सेवा कार्यलयको संयुक्त आयोजना हुन लागेको महोत्सवलाई नेपाल उद्योग वाािणज्य महासंघ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेका छन् ।

फाल्गुन ५ देखि १४ गतेसम्म चल्ने १० दिनको महोत्सवलाई १ लाख ५० हजारले अवलोकन गर्ने र ३ करोड बरावरको कारोवार हुने लक्ष्य राखेको सङ्घका कार्यवाहक अध्यक्ष एवं प्रचारप्रसार समितिका संयोजक प्रकाश मानन्धरले जानकारी दिनुभयो । महोत्सवमा कृषि, पशुसेवा, सुचना प्रविधि, खाद्यान, बाल उद्यान, मनोरञ्जनलगायतका १ सय ६० स्टल रहने छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI