Responsive Ad Slot

latest

हिमपात भएपछि तिव्बती मार्ग अवरुद्ध I

Tuesday, January 10

/ by Admin BHOLA THAPA


ताप्लेजुङ पुस २६ गते ।

पानीसँगै परेको हिमपातका कारण ताप्लेजुङको उत्तरी क्षेत्रबाट चीनको तीब्बत जाने मार्ग हिजोदेखि अवरुद्ध भएको छ । सधैँका वर्षहरुमा भन्दा यो वर्ष ढिलो गरेर हिउँ परेकाले मार्ग हिजोबाट मात्रै पूर्णरुपमा बन्द भएको ओलाङ्गचुङ्गगोलाका छेतेनडण्डु शेर्पाले बताउनुभयो ।

गोला, घुन्सा, फले, ग्याब्ला, लोनाकलगायतका बासिन्दाहरु तिव्बतबाट आवश्यकीय सामग्री आयत गर्ने गर्दछन् । उनीहरुलाई प्रशासनिक कामकाज बाहेक अन्य व्यापारिक दृष्टिले तिब्तको सम्पर्क सहज हुने शेर्पा बताउनुहुन्छ । त्यस क्षेत्रका बासिन्दाहरु अबको तीन महिना घरबाट बाहिर निस्कन सक्दैनन् । पहिले पहिले पानी खान पनि हिउँ पगाल्नु परे पनि हिजोआज जलवायु परिवर्तनकाकारण पानी खान हिउँ पगाल्नु पर्ने स्थिति नरहेको बताइएको छ ।

त्यस क्षेत्रका बासिन्दाले यो तीन महिनाको अवधिलाई चाहिने खाद्यान्न, आवश्यकीय सामग्री पहिले नै जोहो गरेर राख्ने गरेको बताइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI