Responsive Ad Slot

latest

घरमा आगलागी हुँदा लाखौको क्षति I

Tuesday, January 10

/ by Admin BHOLA THAPA

खोटाङ पुस २६ गते ।
खोटाङको बाम्राङ–९ का रामकुमार थापाको घरमा आगलागी हुँदा लाखौ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । गएराती ११ बजे अचानक भएको आगलागीबाट थापाको घर र घरमा भएका ३५ मुरी अन्न, तीन तोला सुन, दुई लाख नगद, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको हो ।

रातीको समयमा लागेको आगो तत्काल नियन्त्रणमा आउन नसकेपछि क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने थाहा नभएको प्रहरीले जनाएको छ । आफ्नो घरमा नियतबस कसैले आगो लगाइदिएको हुनसक्ने पीडित परिवारको भनाइ छ । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI