Responsive Ad Slot

latest

माओवादीले वाईसीएल लडाकूको दर्जा निर्धारण गरी आर्थिक प्याकेज दिने I

Sunday, February 26

/ by Samsung
काठमान्डौ, फागुन १४ गते ।
एकीकृत नेकपा माओवादीले पार्टीको युवा संगठन वाईसीएलमा कार्यरत लडाकूको दर्जा निर्धारण गरी आर्थिक प्याकेज दिने भएको छ ।माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकले वाईसीएलका माग अनुसार आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो । 

बैठकले दर्जा निर्धारण गर्न स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लव र पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरलाई जिम्मा दिएको छ । बैठकपछि सचिव सिपि गजुरेलले भन्नुभयो-’वाइसिएललाई पार्टीले आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय भएको छ र त्यसका लागि उहाँहरुको पनि दर्जा निर्धारण गरिने छ ।’

शिविरका लडाकूअनुसार सेवा सुविधा र रकमको माग गरेपछि सजिलो गरी आर्थिक प्याकेज उपलब्ध गराउन वाईसीएलको पनि दर्जा निर्धारण गरिएको सचिव गजुरेलले जानकारी दिनुभयो । विप्लव र प्रभाकरले अध्ययन गरेर वाईसीएलका माग सम्बोधन गर्ने उपाय १८ गते बस्ने स्थायी समितिको बैठकमा पेश गर्ने पार्टी सचिव सीपी गजुरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रीय कार्यालयले वाईसीएलमा रहेका लडाकूलाई प्रमाणपत्र पनि दिने छ ।

संविधानसभा निर्वाचन ताका लडाकूबाट वाईसीएलमा लगिएका लडाकूहरुले अवकासमा जाने लडाकू सरह सेवा सुविधा लगायतको माग राख्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरुले माग पूरा नभए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष प्रचण्डको घर घेर्ने चेतावनी दिएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI