काठमान्डौ, फागुन १४ गते ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत माओवादीले शिविरमा नक्कली लडाकु राखेर राज्यको ढुकुटी रित्ताएको आरोप लगाउनुभएको छ । बाँकेको नेपालगञ्जमा आइतवारवाट सुरु एमाले प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको उद्धघाटन गर्दै उहाँले देशमा व्याप्त भ्रष्टचारको बाजे माओवादी सरकारमै रहेकोले माओवादी नसुध्रेसम्म भ्रष्टचार अन्त्य नहुने वताउनु भयो ।
माओवादी लडाकुलाई कुनै पनि हालतमा नेपाली सेनामा सामुहिक समायोजन गर्न नसकिने भन्दै नेता नेपालले नेपाली सेनालाई राजनितिमा नमुछ्न आग्रह समेत गर्नुभयो । नेपाली सेना राष्ट्रको गहना भएकोले माओवादी लडाकुलाई सामुहिकरुपमा नेपाली सेनामा समावेस गर्ने कुरा एमालेलाई मान्य नहुने स्पष्ट पार्नु भयो । उहाँले माओवादी इमान्दार नभएसम्म सेना समायेजन कार्य अगाडी वढ्न नसक्ने वताउनु भयो ।
नेता नेपालले भन्नुभयो, ‘जबसम्म माओवादी इमान्दर हुँदैन र प्रमुख तदलहरुवीच भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध भएर आउदैन तबसम्म शान्ति र संविधान निर्माण प्रक्रिया अगाडी वढ्न सक्दैन ।’