Responsive Ad Slot

latest

यमनका नयाँ राष्ट्रपति मन्सुर हादी

Sunday, February 26

/ by Samsung
यमनमा नयाँ राष्ट्रपति मन्सुर हादीले सपथ लिएको केही समयमै भएको आत्मघाती बम आक्रमणमा २६ जना मारिएका छन् राजधानी सानास्थित राष्ट्रपति भवन बाहिर गराइएको विष्फोटमा मारिनेमा अधिकांश सुरक्षाकर्मी छन् आत्मघाती आक्रमणकारीले राष्ट्रपति भवनको प्रवेशद्धारमा आफैलाई विष्फोट गराएको थियो यसअघि ३३ वर्षसम्म शासन गरेका अली अब्दुल्लाह सालेहको स्थानमा नयाँ राष्ट्रपति हादीले सपथ लिनु भएको थियो

सन् १९६८ देखि यमनमा एकछत्र शासन गरेका सालेहविरुद्ध महिनौ लामो हिंसात्मक प्रदर्शन पछि तीन महिना अघि सालेह र अरब लीगबीच शक्ति हस्तान्तरण गर्न सहमति भएको थियो । यो सहमति अनुसार गत मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनमा हादी निर्वाचित भएका हुन् । सपथपछि नयां राष्ट्रपति हादीले मुलुकको एकता, स्वतन्त्रता र क्षेत्रीय अक्षुणतालाई जोगाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यता अमेरिकी राष्ट्रपति बाराक ओबामाले यमनमा नयां राष्ट्रपतिको सपथलाई यमनको नयां शुरुवात भन्दै लोकतान्त्रिक परिवर्तनमा अमेरिकी साथ रहेन बचन दिनु भएको छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI