काठमाण्डौ, माघ ९ गते ।
माघ २० गते देखि रिलिज हुन लागेको चलचित्र 'काठमाण्डू' को सफलताको लागि निर्देशक आकाश अधिकारी जसरी दौडधुपमा ब्यस्त छन् त्यो भन्दा कठोर भएर उक्त फिल्मको सफलताको लागि सो चलचित्रकी हिरोईन ममता प्रधानले भगवानको साहयता लिने भएकी छिन् ।

हाल सम्म १६ वटा चलचित्र खेलिसकेकी राज्य डेब्यू गर्ल ममता नवअभिनेत्री प्राप्ती घिमिरेसंगको सिमिलर रोलमा काठमाण्डूमा खेलेकी छिन् । काठमाण्डूको स्टोरी ममता र प्राप्तीको वरीपरी घुमेको बताईएको छ । हाल दुई प्रोजेक्टको तयारीमा ब्यस्त ममता नरेश पौडेलले फागुनको पहिलो सातादेखि निर्माण गर्न लागेको चलचित्र स्वीट ड्रिम्समा पनि अनुबन्धीत भैसकेकी छिन् ।
सेक्सी भनेर समेत चिनिने ममताले जन्मदिनमा काठमाण्डूको सफलतासंग आफ्नो सफल करिअर माग्ने योजना बनाएकाले पशुपतिनाथमा रहेका असाहयहरूसंग पनि अलिकती खुशी साट्ने योजना पनि बनाएकी छिन् । तर दिनभर निराहर बसेपनि बेलुकी घरमै जमघटगरी बर्थडे केक पनि काट्ने उनको योजना पनि छ रे... । काठमाण्डूको रिलिज पूर्व सन्ध्यामा पशुपतिनाथको शरणमा पुगेकी यि अभिनेत्रीलाई फिल्मीखबरको तर्फबाट पनि ह्याप्पी बर्थडे । पशुपतिनाथले तिम्रो कामना पुरा गरून् । फिल्मीखबर,