Responsive Ad Slot

latest

कहिले पाउने पारिश्रमीक ? भृकुटी कागज कारखानाका मजदुरहरुको पिडा I

Sunday, February 26

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
गैडाकोट फागुन १४ गते ।
विगत १७ महिना देखि आफुहरुलाई पारिश्रमिक नदिएको भन्दै भृकुटी कागज कारखाना गैडाकोटका मजदुरहरु आन्दोलित भएका छन् । वि.स २०३९ साल देखि राष्ट्रिय भृकुटी कागज कारखानाको रुपमा स्थापित कारखानामा एक्कासी उत्पादन बन्द भए पछि कारखानामा कार्यरत मजदुरहरु विचल्लीमा परेका छन् । कारखानाले उत्पादन गर्न नसकिने भन्दै कागज उत्पादन बन्द गरेपछि त्यहा कार्यरत कर्मचारीहरुलाई गत मसिर देखि पारिश्रमीक दिएको छैन् ।

आफुहरुलाई अहिले सम्म को क्षेतिपुति सहित पारिश्रमीक दिनु पर्ने मजदुरहरुको माग रहेको छ । कारखानामा उत्पादन बन्द भए पछि फागुन महिनावाट कारखानामा खानेपानी र विजुली समेत कटौती गरेको कर्मचारी डम्वर बहादुर भण्डारीले वताउनु भयो । कारखानामा उत्पादन बन्द भएपछि वाहिर वाट खानेपानी किनेर ल्याई खादै आएको भण्डारीको भनाई छ ।

आफुहरुले पारिश्रमीक नपाउदा कोठा भाडा समेत तिर्न नसक्दा घरबेटीले निकाली दिएको उहाले गुनासो गर्नु भयो । कारखानामा कार्यरत कर्मचारीहरु पुरानो ३ सय ३३ जना रहेका छन् । उनीहरुले पारिश्रमीक नपाएको १७ महिना भईसकेको छ । यता आफुहरुको माग लाई श्रम मन्त्रालय सम्म पु¥याई अधिकार लिनको लागि भनेर समस्य समाधान संघर्ष समिति समेत गठन गरको जनाएको छ ।

तर त्यो समितिले पनि अहिले सम्म कुनै चित्त बुझ्दो काम नगरेको भन्दै समिति प्रति पनि आक्रोस पोखेका थिए । जति वेला पनि कुरो भईरहेको छ भन्दै हामीलाई आखामा छारो हँल्ने काम भईरहेको छ कर्मचारी कृष्ण प्रसाद चौलागाईले भन्नु भयो । हामी यहा काकाकुल सरह भईरहेका छौ कहिले पाउने न्यय ? कहिले पाउने पारिश्रमीक ? उहाले दुख व्यक्त गर्नु भयो ।

यस भन्दा अगाडि पनि उनीहरु आन्दोलित भएका थिए । स्थापनाको समय देखिनै कारखानामा कम गरेको क्षतिपुर्ती सहित अहिले सम्म राकिएको पारिश्रमीक पाउनु पर्ने उनीहरुको माग छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI