Responsive Ad Slot

latest

श्रमजीवी पत्रकार ऐन कार्यान्वन गराउन नेपाल पत्रकार महासंघ चितवनले सञ्चारगृहलाई दवाव दिने I

Sunday, February 26

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
चितबन फागुन १४ गते ।
नेपाल पत्रकार महासंघ चितवनले श्रमजीवी पत्रकार ऐन कार्यान्वन गराउनका लागि सञ्चारगृहलाई दवाव दिने निर्णय गरेको छ । नेपाल सरकारले निद्र्यारण गरे अनुसारको सेवा सुविद्या सञ्चार गृहले उपलव्ध नगराएको भेटिएपछि महासंघले यस्तो निर्णय गरेको हो । महासंघको आज बसेको बैठकले आगामी फागुन १६ गतदेखि नै चरणवद्ध तरिकाले आन्दोल गर्ने निर्णय गरको हो ।

आन्दोलनको कार्यक्रम अन्तर्गत २३ गते सम्म चितवनका सम्पूर्ण सञ्चार गृह संग कर्मचारीहरुलाई दिइदै आएको सेवा सुविद्या सहितको फारम माग गर्ने, २८ गते सञ्चार गृहका सञ्चालकहरु संग अन्तरक्रिया गर्ने, हरेक सञ्चारगृहमा श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्वान्वयन गर लेखिएको व्यानर टास गर्ने निर्णय गरेको छ ।


फारम नुझाउने सञ्चार गृहको विवरण प्रेस रजिस्टार, प्रेस काउन्सील र सुचना मन्त्रालमा पठाउने समेत निर्णय भएको छ । चैत्र ३ गते चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत फारम नबुझाउने सञ्चार गृहको विस्तृत विवरण केन्द्रमा पठाउने निर्णय गरको हो ।
यसैबिच
श्रमजीवि पत्रकार ऐन लागु गराउन नेपाल पत्रकार महासंघ चितवनले सञ्चालन गरेको आन्दोलनको कार्यक्रममा पत्रकार महिला मञ्च चितवनले ऐकेवद्धता जनाएको छ । मञ्चको आज आइतबार बसेको बैठकले महासंघले थालेको आन्दोलनमा ऐकेवद्धता सहित सक्रिय सहभागि हुने निर्णय गरेको हो । मञ्चका अध्यक्ष शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले चितवनका सञ्चार माध्यमलाई श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको लागि आह्वान समेत गरेको छ । 

साथै यहाँका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई पनि ऐनले निर्धारण गरेको सेवा सुविधा नपाए काम नगर्न समेत अनुरोध गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI