Responsive Ad Slot

latest

सबारी छड्के चेकजांच बाट राजश्व सकंलनमा बृद्धी I

Sunday, February 26

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
चितबन , फागुन १४ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय भरतपुरले नियमीत गरेको छड्के चेकजांच बाट राजश्व सकंलनमा बृद्धी गरेको छ । कार्यलयले यस आर्थीक बर्षमा ट्राफिक नियम पालना नगरी सबारी साधन चलाउने ११ हजार ७सय ८७जना सबारी चालकहरुलाइ कार्बाही गरेको छ ।साथै उनीहरुबाट जरीवना स्वरुप १२ लाख ६६ हजार ३ सय ५० रुपैया राजस्व संकलन गरियको जिल्ला ट्राफिक प्रहरी कार्यलय भरतपुरका ट्राफिक प्रमुख कृष्ण दत्त भट्टले जानकारी दिनुभयो ।


साथै छड्के चेकजांचको क्रममा डिजिटल नम्बर प्लेटका सबारी साधनमा पनी कार्बाही गरेको छ । साथै माघ १५ देखी हाल सम्म २४जना मदीरा सेबनगरी सबारी साधन चलाउने चालक हरुलाइ पनी कार्बाही गरेको छ । उनीहरुलाइ एकदीन आफ्नो नियन्त्रणमा लिने र न्युनतम १हजार रुपैया जरीवाना लिएर छाड्ने गरीयको बताएको छ ।

साथै यस आर्थीक बर्षमा सबारी दुर्घटनाबाट ४२ जनाको मृत्यु भएको जनाएको छ जसमा पुरुष ३४जना,महिला ५ जना बालबालीका ३ जना रहेका छन् ।भट्टका अनुसार कम जनस्रोतका कारण सोचे अनुसारको सफलता प्राप्त गर्न नसकेको बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI