Responsive Ad Slot

latest

नेपाली जनसंपर्क समिती बेलायतमा ३५ औ राष्ट्रिय मेलमिलाप दिवस तथा राष्ट्रिय एकता दिवस सम्पन्न I

Wednesday, February 1

/ by Admin BHOLA THAPA
बिश्व घिमीरे, 
बेलायत - नेपाली जनसंपर्क समिती बेलायतले ३५ औ राष्ट्रिय मेलमिलाप दिवस तथा राष्ट्रिय एकता दिवस २९ जनवरी २०१२ का दिन भब्यताका साथ सम्पन्न गर्यो । आइतबार लण्डनस्थित अल्पाटन कम्युनिटीहलमा सम्पन्न कार्यक्रमलाई नेपाल कांग्रेसका केन्द्रीय सदस्यद्वय कृष्णचन्द्र नेपाली र शंकर भण्डारीले सम्बोधन गर्नु भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता कृष्ण चन्द्र नेपालीले विपी कोइराला दक्षिण एशियाकै पहिलो सामाजबादी नेता भएको बताउनु भयो ।

बिपी कोइराला बहुआयमिक र दुरदृष्टि राख्ने नेता भएको भन्नु हुँदै उहाले भन्नु भयो अहिले नेपालमा कम्युनिस्ट हरुले माग गर्दै आएको अग्रगामी संबिधान, समावेसी नेपाल, जातिय भेदभावको अन्त्य, तथा सामाजिक र राजनितिक परिवर्तन बि पि कोइरालाले आफ्नो कार्यकालमा पार्टी भित्र तथा आफ्नो सरकारमा लागु गर्नुभएको बिभिन्न उदाहरण पेश गर्दै नेपाली काङ्रेस अन्य पार्टी भन्दा आधुनिक र लोक्तान्त्रिक रहेको बताउनु भयो। उहाले शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष राज्यपुर्नसंरचना पनि भएको बताउनु हुँदै राज्यपुर्नरसंरचना गर्दा जुन जाति वा धर्मका नाममा नाम राखे पनि लोकतन्त्रका आधारभुत कुरा भने छुट्न नहुनेमा जोड दिनुभयो ।
उहाले नेपाली कांग्रेसभित्रको विवाद बिधान लाई टेकेर गरिएको संस्थागत निर्णयलाई माने, स्वत अन्त्य हुने तर्क दिनुभयो । गिरिजाप्रसाद कोइरालाले जस्तो एकल निर्णय गर्न नसक्ने अवस्था नभएकोले सबै निर्णयहरु केन्द्रीय समिति मात्र हुने र त्यो संस्थागत निर्णय हुने बताउनु भयो । उहाले भुतपुर्ब गोर्खा सैनिक तथा गैरअवसिय नेपाली संघका मागका बारेमा बोल्नु हुँदै भन्नु भयो, नेपाली कङ्रेस ति मागका बारेमा प्रस्ट रहेको बताउनु हुँदै गोर्खा सैनिक हरु तथा गैरआवसिय नेपाली हरुले सँग दवाबका लागि आफु जुनसुकै ठाउमा जानु परे पनि पछी नहट्ने बताउनु हुँदै आफ्नो साथ रहेको प्रस्ट पर्नु भयो।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले जनयुद्ध हार्दै गएको नेकपा एमाओबादीलाई नेपाली कांग्रेसले राज्यको मुल धारमा ल्याउन सफल भएको बताए । उनले भने नेकपा एमाओबादी शान्ति प्रकृयाप्रति इमान्दार छैन । शान्ति प्रकृया टुग्गोमा नपुगेसम्म संविधान बन्न सक्दैन । उहाले बि पि को जीवनीमा प्रकाश पर्नु हुँदै भन्नु भयो बि पि को कार्यसैली अहिले नेपालका कम्युनिसट हरुले कल्पना गरेको भन्दा अझ राम्रो र देशका लागि उतम रहेको बताउनु भयो। कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले बिपी कोइरालाका जीवनसँग सम्बन्धित बिभिन्न पक्षमाथि प्रकाश पार्दै बि पि को मेलमिलापको निती अझै पनि अपरिहार्य रहेको बताउनु भयो। कार्यक्रमलाई एनआएन युकेका अध्यक्ष कुल आचार्य, गैरआवासीय नेपाली सघंका केन्द्रीय उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ, नेपाली काग्रेस धादिङका पूर्व जिल्ला सभापति शिवराज अधिकारीलगाएतले सम्बोधन गर्नु भएको थियो।

कार्यक्रम संयोजक चिरन्जीबी ढकालले स्वागत मन्तब्य दिनु भएको थियो भने नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो । महामन्त्री शान्ताबिनोद लामिछानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने जनसंपर्क समिती बेलायत को नर्थ वेष्ट कमिटी कि कोसाध्यक्ष तारा पौडेल तथा सदस्य श्रिमाया थापाले अतिथी लाई ब्याच बितरण गर्नु भएको थियो।

उक्त कार्यक्रममा एनआरएन प्रवक्ता डा। हेमराज शर्मा, आइसीसी सदस्य विश्वआर्दश पंडित, सोम सापकोटा र डा। विजन पन्त, युके(नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्थ श्रेष्ठ, तमुधी युकेका पूर्व अध्यक्ष सुभाश सिंह गुरुङ, नेपाल लोक्तान्त्रिक मन्चका उपाध्यक्ष शुरेन्द्र थपालिया, सल्लाहाकार अंकलजङ लामा, तमुधी लण्डनका अध्यक्ष शिव शरण गुरुङ, यन आर यन का सल्लाहकार चित्र गरुङ, ग्रेटर रेडिङ नेपाली काम्युनिटीका उपाध्यक्ष रमेश बास्तोला, ओमेन्द्र गुरुङ, पत्रकार महसंघ युकेका वरीस्ठ उपाध्यक्ष चिरन शर्मा, धरान नेपाली समाजका अध्यक्ष उमेश मोक्तान, जनसंपर्क समिती बेलायतका संस्थापक सल्लहकार बालमुकुन्द प्रशाद जोशी, सल्लाहकार विश्वआदर्श पन्डित, नेसाका अध्यक्ष तथा समितीका सल्लाहकार केश बहादुर गुरुङ, भोज प्रशाद गुरुङ, केन्द्रिय सभा सदस्य योगेन छेत्री, ई। श्रीराम न्यौपाने, महसमिती सदस्य रबी राइ, महाअधिवेशन प्रतिनिधि प्रवेश के सि, हिमाल गुरुङ, चिन्तन पौडेल, छेत्रीय सभापति किरण राइ, हितकाजी गुरुङ, नवराज न्यौपाने, नारायण आचार्य, ने बि संघ युकेका कुशल घिमिरे, समितीका पूर्वमहामन्त्री राजकुमार त्रिपाठी लगायत बिभिन्न संघ संस्थाका प्रतिनीधी को उपस्थिती रहेको थियो।
Don't Miss
© all rights reserved
made with by netKUTI