क्वालालम्पुर, माघ १८,
नेपाली दर्शक माझ चर्चा बटुलिरहेको शुष्माको उध्रेको चोलीले मलेसियामा पनि उत्तिकै चर्चा बटुलेको छ। चाईनिज नयाँ वर्षको अवसरमा मलेसियाको क्वालालम्पुरमा भएको रिमिक्स धमाका– ४, कार्यक्रममा मलेसिया पुगेकी नायिका शुष्मा कार्कीले नेपालीहरुलाई निकै नृत्य प्रस्तुत गरेर उत्तेजित पारेकी छिन्।
भर्खरै नेपालको हलहरुमा प्रदर्शनमा आएको तथा हालै उनले अभिनय गरेको चलचित्र लुटमा आइटम डान्स गरेर नेपाली दर्शकलाई समेत उत्तेजित पार्दै तहल्का मच्चाएकी छिन्। धुम कार्यक्रममा पुगेका अधिकाशं दर्शकले उनको उत्तेजक नृत्यको फोटो समेत खिच्न भ्याएका छन्।
क्यामरा हुनेहरुले क्यामरामा नै फोटो कैद गर्न सफल भएका छन् भने क्यामरा नहुनेहरुले मोवाईलबाट भएपनि फोटो खिच्न समेत भ्याएका छन्। हाल उनको चर्चा चलचित्र लुटले नेपालमा चर्चा पाइरहेको जस्तै मलेसियाभरी नै हलचल मच्चाएको छ।