काठमाडौं फागुन १५,-
‘मिस यू’ले प्रदर्शनको दोस्रो सातादेखि प्रमोसनका लागि देश दौडाहा सुरु गरेको छ । अभिनेता तथा निर्माता दिलिप रायमाझी र निर्देशक सुरेशदर्पण पोखरेल यतिबेला जिल्ला टुरमा छन् । पोखरादेखि सुरु भएको उनीहरूको नेसनल टुर दमकमा टुंगिनेछ । हिरोइन नम्रता श्रेष्ठ र अभिनेता बरुण राणा विनै उनीहरू सिनेमा प्रचारमा जुटेका हुन् । रिलिज अघिदेखि नै उनीहरू दुईजना खटिएका थिए । ‘मिस यू’ पहिलो साता ४२ लाख ग्रसमार्कमा छ । ‘मिस यू’ सोमबार नारायणगढका पत्रकारबीच प्रदर्शन गरियो । हेटौंडा, लालबन्दी, बिर्तामोड र दमकमा पत्रकार सम्मेलन, सिनेमा प्रदर्शन र दर्शकसँग सिनेमा हेर्ने ‘मिस यू’को प्रमोसन सुरु गरिएको निर्देशक पोखरेलले बताए । सिनेमा यतिबेला ३२ पर्दामा अलनेपाल प्रदर्शन भैरहेको छ । ‘आइएम सरी’ले होल्डओभर गुमाएका थप थिएटरमा आगामी शुक्रबारदेखि सिनेमा प्रदर्शनमा आउनेछ ।
मायाको बारीमा : २८.५ लाख
गोपिकृष्ण मूभिजको सिनेमा ‘मायाको बारीमा’ टिकट झ्यालमा फ्लप भएको छ । यो सिनेमाले दोस्रोमा साढे २८ लाख ग्रस कलेक्सन गरेको छ । ४५ लाख लगानीको सिनेमाको ग्रस अनुपात फ्लप हो । केकी अधिकारी, यशराज गाराच अभिनित सिनेमा तीनदर्जन थिएटरमा प्रदर्शन भैरहेको छ । फ्राइडे रिलिज ‘साथी म तिम्रो’ले सिनेमालाई थिएटरबाट रिप्लेस गर्नेछ ।
मेरोसिनेमा,