काठमाण्डौ, ६ फागुन ।
परीक्षा नियन्त्रण कार्यलयले यसबर्षको एसएलसी परीक्षामा ७५ प्रतिशत हाजीरी नपुगेका बिध्यार्थीहरुलाई परीक्षमा सामेल हुन नदिने निर्णय गरेको छ । परिक्षा केन्द्र तोक्ने अवस्थामा बसेको परीक्षा संन्चानलन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसैबिच पनिकाले यसबर्षको एसएलसी परीक्षाका लागि देशभरी १७ सय ४८ परीक्षा केन्द्र पनि तोकेको छ । आगामी चैत्र ७ देखि १५ सम्म चल्लने परीक्षाका लागि ५ लाख २८ हजार २ सय ५७ जनाले परिक्षा फारम भरेका छन ।