Responsive Ad Slot

latest

प्याव्सनको ११ औ महाधिबेशन आज देखि शुरु I

Saturday, February 18

/ by Admin BHOLA THAPA

काठमाण्डौ, फागुन ६ गते ।
निजी विद्यालयहरुको छाता संगठन ११ औ महाधिबेशन आज देखि शुरु हुदैछ । विहान ११ बजे ललितपुरको जेम्स स्कुलमा शुरु हुने महाधिबेसनको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्नुहुने प्याव्सनका अध्यक्ष भोजबहादुर शाहले नेपालबाणी नेटर्बकलाई जानकारी दिनुभयो ।
यो महाधिबेशनमा सरकारी निकायको समितिमा समान सहभागिता एक प्रतिशत सेवा शुल्कको खारेजि मुल मुद्धा रहने शाहले जानकारी दिनुभयो ।

त्यस्तै महाधिबेशनमा निजी विद्यालय शिक्षा ऐनको घोषणा र कार्यान्वयनका लागि माग गर्ने, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्ने, संविधान सभा र सरकारमा प्याव्सनको अनिबार्य प्रतिनिधित्व गराउन माग गर्ने, सरकारले घोषणा गरेको ४५ प्रतिशत आरक्षण कोटामा निजी विद्यालयमा विद्यार्थीलाई पनि सहभागि गराउन खबरदारी गर्ने र सरकारसँग निजी शिक्षण सस्था बीच भएको सहमित तत्काल कार्यान्वयन गराउनका लागि कदम चालिने लगायतका एजेण्डा रहेको शाहले जानकारी दिनुभयो ।
भोलीसम्म चल्ने महाधिबेसनले नयाँ नेतृत्व चयन गदै सम्पन्न हुने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI