नारायण सापकोटा
चितवन १९ चैत । स्थानिय बिकाश मन्त्रि टोप बहादुर रायमाझीले जेठ १४मा संबिधान जारी गर्नुको बिकल्प नभएकाले जसरी पनि संबिधान जारी हुने बताउनु भएको छ ।आज चितवनको फिस्लीड्डमा झलुड्डे पुलको शिलान्यास गर्दै रायमाझीले यस्तो बताउनु भएको हो ।
गएको भदौमा सो स्थानमा झलुड्डे पुल चुढीदा भारतिय पर्यटक सहित ५ जनाको ज्यान गएको थियो ।
चितवन र गोर्खा आवत जावत गर्ने वाटो अवरुद्ध भएको थियो ।कार्यक्रममा स्थानियबासीले पुलका लागि कम्तिमा ४८ लाख रुपैया लाग्ने भएपनि ९ लाख रुपैया मात्र बिनियोजन भएको भन्दै मन्त्रिको ध्यानाकर्षण गराएका थिए । मन्त्रि रायमाझीले रकम अभावकै कारण पुल निर्माणको काम नरोकिने बताउदै असार मसान्त सम्ममा पुल निर्मँण सम्पन्न हुने आश्वासन दिनु भयो ।