Responsive Ad Slot

latest

रेडियो पत्रकार पन्त अब गायक बन्दै I

Thursday, March 15

/ by Admin BHOLA THAPA
रवि रोषी - मिठो स्वरका धनी रेडियोकर्मी मनोज पन्त अब गायक बन्दै छन् । हालै मात्र एल्बम निकाल्ने तयारीमा रहेका पन्तको एल्बममा ६ वटा गीत रहने छ । ४ वटा गीतको सम्पुर्ण कार्य सकिएको बताउने पन्त बाँकी २ गीत पनि शीघ ्रनै रेकर्डिङ गरी बजारमा ल्याउने तयारीमा जुटेका छन् । सिल्फ म्युजिक कम्पनीबाट रिलिज भई बजारमा आउन लागेको सो एल्बममा नेपालका चर्चित गीतकारहरुको गीतहरु समावेश रहने छ । हाल सम्म एल्बमको नाम भने चयन गरीनसकिएको उनले बताएका छन् ।
योगेन्द्रमणी दाहाल, भूपेन्द्र खड्का, विपिन किरण, शुक गुरुङ, भरत सिटौला, किरण माईकलको गीत समावेश रहेको सो एल्बममा महराज थापा, किरण तुलाधर, विवश पौडेल, विनय केटु आदर्श, सुरज माली, किशनप्रश्नको संयोजन रहेको छ । त्यस्तै गरी संगीतकारहरुमा नेपालका चर्चित संगीत राजु सिंह, राजनराज शिवाकोटी , अर्जुन पोख्रेल, शुक गुरुङ, भरत सिटौला र किरण माईकलको संगीतले पन्तको आवाज र गीतकारहरुको गीतलाई कसी लगाउने काम गरेको छ । विगत लामो समय देखि मध्य नेपालकै सर्वोत्कृष्ट रेडियोका प्रस्तोता तथा कालिका एफएम (प्रा.) लि. चितवनमा अवस्थित रेडियोको कार्यक्रम संयोजकमा कार्यरत नवोदित गायक पन्त चितवन तथा चितवन बाहिर हुने वृहद तथा विशिष्ट कन्सर्टमा कार्यक्रम आफ्नो कुशल प्रस्तुती कला र गायनी प्रस्तुत गर्दै आफ्नो अलग पहिचान बनाइसकेका छन् । आधुनिक, पप र चितवन संग सम्बन्धि गीत रहेको एल्बम भित्र समावेश रहेको “जालीमाया” नामक बोलको गीत भने रेकर्डिङ गरिनु अगावै निकै चर्चित भैसकेको छ ।
चितवन भण्डारावासी पन्त गायनको संगसंगै गीत लेखनमा पनि आफ्नो अभिरुचि रहेको बताउने उनले अन्त्यमा भने, गायनक्षेत्रमा ठूलो साधनापछि आफुलाई उभ्याएको हुनाले श्रोताहरुले मेरो आवाजलाई मन पराउनुहुनेछ र आशा छ मेरो गीतलाई खोजी खोजी सुनिदिनुहुनेछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI