Responsive Ad Slot

latest

समाचार प्रकाशनपछि फोहोर व्यवस्थापन प्रयास I

Friday, March 30

/ by Admin BHOLA THAPA


गजुरी (धादिङ), १७ चैत । सदरमुकाम धादिङबेंसीमा अत्याधिक फोहोर उत्पादन भएकाले फोहोरका कारण दुर्गन्ध फैलिएकोसम्बन्धी समाचार प्रकाशनपछि फोहोर व्यवस्थापनको पहल सुरु भएको छ ।

जिविसको पहलमा बिहीबार बिहान सर्वपक्षीय बैठक बसी फोहोर व्यवस्थापनको विस्तृत योजना सार्वजनिक गरिएको हो । सदरमुकामबाट दुई वर्षदेखि फोहोर उठ्न छाडेकाले बजारमा जता गए पनि फोहोर जमेको, दुर्गन्ध फैलिएको र झाडापखालाको महामारी फैलने खतरा भएकाले जिल्लाको पहिचान बचाउन सदरमुकाम फोहोर व्यवस्थापनको पहल सुरु गरिएको स्थानीय विकास अधिकारी शङ्कर नेपालले बताउनुभयो ।
–ः २ ः–

जिल्लामा क्रियाशील राजनीतिक दल, सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, प्रभावित क्षेत्रका स्थानीयवासी सहभागी बैठकमा ससाह ल्यान्डफिल साइटको अवधारणा जिविसका तर्फबाट इन्जिनियर राकेश मिश्रले प्रस्तुत गर्नुभयो ।

सदरमुकामबाट चार किलोमिटर टाढा ससाहमा २२ रोपनी जग्गामा ल्यान्डफिल साइट बनाउने प्रस्ताव गरिएको छ । रु एक करोड ८८ लाख ४७ हजार ५ सय ४५ को लागतमा ल्यान्डफिल साइट निर्माण गरिने छ । यहाँ छ हजार ४ सय ९२ मानिसले दैनिकरूपमा एक हजार १ सय ६० केजी फोहोर निष्कासन गर्छन् ।

हरेक दिन बजारबाट निष्कासन हुने फोहोर चार मिटर गहिरो खाल्डामा हालेर मेसिनले थिच्ने र त्यहाँबाट निस्केको पानी छानेर सफा गरेपछि मात्र बाहिर पठाइने व्यवस्था सहितको ल्यान्डफिल साइटको अवधारणा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीयवासीका तर्फबाट कांग्रेस कार्यकर्ता भीम ढुङ्गानाले सरोकार समितिलाई पहिले रु चार लाख नदिइएकाले फोहोर फाल्न रोकेका कारण आगामी दिनमा समितिको नाममा रकम उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI