करिम बक्स मियाँ
दुलेगौडा तनहुँ ११ चैत । ।
आर्थिक,सामाजिक,खेलकुदको बिकास,पर्यटनको प्रवर्द्वन१ खैरेनीटार महोत्सव,कला,सीप र संस्कृतिको संरक्षण भन्ने नारा सहित खैरेनीटार महोत्सव २०६८ शुरु हिजो बाट भएको छ ।
नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष भाष्करराज राज कर्णिकारको प्रमुख आतिथ्यमा समुद्घाटन भएको महोत्सव आगामी ११ दिनसम्म चल्ने छ।
नेपाल उधोग वाणिज्य संघ खैरेनीटार इकाईका अध्यक्ष हरी थापाको सभापतित्वमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका केन्द्रदेखि इकाई सम्मका विभिन्न तहका पदाधिकारी,विभिन्न राजनैतिक दलका जिल्ला नेताहरु, नागरिक समाजका अगुवाहरु,सरकारी सेवामा कार्यरत विभिन्न तहका कर्मचारी तथा विभिन्न क्षेत्रबाट आफ्ना भेषभुषा,रीतिस्थिति प्रस्तूत गर्न आएका जनामानाशारुको बाक्लो सहभागिता थियो ।
विभिन्न जाति र धार्मिक पहिचान एवं संस्कृति झल्किने झाँकी तथा र्याली निकाली महोत्सवको शुरुवात गरिएको थियो समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कर्नाकारले महोत्सव केवल मनोरन्जन का दृष्टीकोणबाट नहेरी यसबाट राष्ट्र निर्माणमा आर्थिक सम्भावना खोज्ने एउटा माध्यमको रुपमा बिकास गर्न आयोजना हुने बताए।
महोत्सबमा किनमेल मात्र हुँदैन क्रेता र बिक्रेता बिच सौहार्दिक सम्वन्ध बिस्तार हुने वातावन सिर्जना हुन्छ महोत्सवमा रंग रमाइलो मात्र हुँदैन कुना काप्चामा लुकेर रहेका आर्थिक बिकासका सम्भावनाहरु सार्वजनिक हुन्छ।।।।किषान, व्यापारी उधमी कला संस्कृति, आफ्ना मौलिक पहिचानको सार्वजनिकीकरणपनि महोत्सव एउटा माध्यम हुने गर्दछ उनले भने
हामी लगानी र सम्भावना खोजी रहेका हुन्छौं तर हामीमा यसलाई व्यबस्थित गर्ने अधिकार हुँदैन हामी त केवल लविंग गरि रहेका हुन्छौं। राज्यले वातावण बनाउने होू राज्यप्रति गुनासो गर्दै उनले भने जनतामा निहित आर्थिक बिकासका प्रमुर सम्भावनलाई व्यबस्थित गर्ने काम राज्यको हो सरकारको हो। राजनैतिक दलको हो तर अहिले ठुला परियोजना सेती जलविधुत परियोजनालाई लक्षित गर्दै०माथि केही दल विरोध गरि रहेका छन।।।उनले भने९लगानी र परियोजनाको वरोध गरेर बिकाश हुँदैन यसले राष्ट्रमा विनाश निम्तन सक्नेमा चिन्ता औंल्याउँदै विरोध भन्दा लगानी र परियोजना भित्रका कमि कमजोरीमाथि विश्लेषण गर्न सबैलाई आग्रह गरे।
श्रमिक र मालिक बिचको सम्वन्ध उधमीहरुले राम्रो बुझेको भएपनि अनावस्यक राजनीति करणले समस्या निम्तने उनको कथन थियो हामी श्रमिकको अधिकारलाइ बुझेका हुन्छौं। हामीलाई थाहा छ श्रमिक मारेर उधमी फस्टाउन सक्दैन,त्यसैले सन्तुलन बनाउने काममा हामी लागि रहेका हुन्छौं,तर अनावस्यक राजनीति करणले सन्तुलन बन्न सकेको छैन महोत्सव समारोहका सभापति हरी थापाले धेरै कमी कमजोरी भएपनि महोत्सवले निश्चित लक्ष्य प्राप्त गर्नेमा आफु ढुक्क रहेको बताउँदै। खैरेनीटार महोत्सवले यस क्षेत्रको पर्यटन तथा आर्थिक बिकासमा टेवा पुर्याउनेमा हामी आशावादी छौं उनले भने ।
हिन्दुहरुको महान पर्व चैत दशैको अवसरमा परम्परात्म्क रुपमा धेरै अघिदेखि मेलाको आयोजना गरिंदै आएको भएपनि आधुनिक रुपमा व्यबस्थित तरीकाले महोत्सवको शुरुवात भने बि।सं२०६४ बाट भएको हो। पहिलो खैरेनीटार महोत्सव चारदिन सम्म चलेको थियो भएपनि यसको महत्वमा बिकास भएकाले अहिले ११ दिनसम्म महोत्सव चल्ने मूल आयोजक समितिले हामीलाई जानकारी दिनु भयो।
खैरेनीटार महोत्सवमा विभिन्न प्रकारका १५५ वटा इस्टल राखिएका छन् ।।विभिन्न किसिमका आकर्षण उक्त महोत्सवमा रहने आयोजक समितिले जनकारी दिए। राष्ट्रीय कलाकारको प्रस्तूति। प्रतिभाको खोजी घरेलु उत्पादन र्याफटिंग ट्रेकिंग साथै लोक दोहोरी गायक प्रजापति पराजुलीको प्रस्तुती लगायत विभिन्न