Responsive Ad Slot

latest

एकीकृत नेकपा माओवादीको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित I

Monday, March 26

/ by Admin BHOLA THAPA


काठमान्डौ १३ चैत ।
पाटी भित्रको विवाद समाधानका लागि बोलाइएको माओबादी स्थाइ समितिको बैठक स्थगित भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको माओबादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । बैठक भोलि बस्ने बताइएको छ । बैद्य पक्षले अघिल्लो बैठकको निर्णय कार्यान्वयन नगरेसम्म बैठकमा नबस्ने चेतावनी दिएपछि सस्थापन पक्ष थप छलफलमा जुटेकाले बैठक स्थगित भएको बुझिएको छ ।


सस्थापन पक्ष एकलौटि रुपमा अघि बडेको र पाटीको नीति विपरित काम गरेको भन्दै पार्टी र सरकार विरुद्धको आन्दोलनलाई अझ व्यवस्थित बनाउने अभियानमा बैद्य पक्ष लागेको छ । आन्दोलनमा पुर्वि क्षेत्रको भुमिका शसक्त बनाउन भन्दै बैद्य पक्ष र साना बाम दलको मोर्चाका संयोजक सिपि गजुरेल पूर्व गएका बैद्य पक्षीय एक नेताले जनकारी दिएका छन ।

यसैविच केन्द्रिय समितीमा लैजाने एजण्डाका बिषयमा माओबादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईबिच छलफल भएको छ । प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको छलफलमा केन्द्रिय समितीमा तय गर्न लागिएको समानान्तर कार्यक्रमका बिषयमा पनि छलफल भएको थियो । केन्द्रिय समिती बैठकमा बैद्य पक्ष सहभागी नहुने भएपछि कसरी अगाडी बढ्ने भन्ने बिषयमा पनि अध्यक्ष र उपाध्यक्षबिच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI