जिब बेल्बासे
लन्डन । गैरआवासिय नेपाली संघ यूकेको आयोजनामा अन्तराष्ट्रिय नारी दिवस बेलायतमा भव्यताका साथ मनाइएको छ । बेलायतको लण्डनमा आइतवार भएको कार्यक्रम बेलायतका लागि नेपाली दुताबासका मिनिष्टर काउन्सीलर अम्बिका लुइंटेल अम्बिका लुइटेलको प्रमुख आतिथ्य एवम् एनआरएन यूकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

एनआरएन यूकेका अध्यक्ष कूल आचार्य, कार्यक्रम संयोजक एवम महिला संयोजक संगिता मरहट्ठा र सह संयोजक शुष्मा लिम्बू समेतबाट प्रमुख अतिथि एवम अतिथिहरुलाई खादा तथा ब्याज प्रदान गरि सम्मान गरे पश्चात प्रमुख अतिथि अम्बिका लुइंटेल, समाज सेबी देवी आले, नन्द कुमारी गुरुङ, नसिर्ङ एशोसियनका अध्यक्ष श्रीमती शान्ता सग्रौला, डा. जनक धिताल, एन आर एन युरोपका सह-संयोजक लक्ष्य बहादुर गुरुङ लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा एन आर एन अन्तर्राष्ट्रिय अध्यक्ष जीवा लामिछानेको शुभ-कामना मन्तब्य राष्ट्रिय संयोजक रामशरण सिमखडाले बाचन गरी सुनाउनु भएको थियो ।
यस बर्षको अन्तराष्ट्रिय नारी दिवसको नारा “बालिका शिक्षति भए भविश्य सुनौलो हुने” तथ्यलाई आत्मसात गरि बिदेशी भूमिमा रहे पनि स्वदेशमा रहेका महिलाहरुको उत्थानका लागि के गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रमको अयोजना गरीएको कुरा कार्यक्रम संयोजक संगिता मरहट्ठाले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममलाई दुई चरणमा वाडिएको थियो । पहिलो चरणको कार्यक्रमको समापन गर्दै एनआरएन यू केका अध्यक्ष कूल आचार्यले यो कार्यक्रम एन आर एन यू केको पहिलो जमर्को भएकोले आगामी बर्षहरुमा अझ प्रभावकारी ढंगले मनाउने कुरा बताउदै कार्यक्रमलाई सफल बनाउन अथक परिश्रम गरेका कार्यक्रम संयोजक संगिता मरहट्ठा र कार्यक्रम सह संयोजक शुष्मा लिम्बूलाई हृदयदेखी धन्यबाद दिदै खादा लगाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरण सन्चारकर्मी उषा भट्टले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा एन आर एन यू केका युवा संयोजक मनषा डङ्गोलको संयोजकत्वमा प्रस्तुत फेशन शो नीक्कै चाख लाग्दो रहेको थियो । गाईका सितु खरेल, याम गुरुङ, निर्मला गुरुङ्, सिता पौडेल, ज्ञानेन्द्र गुरुङ लगायतको गायन, हम श्रेष्ठको कबिता वाचन, साबित्री थापा, गंगा थापा, भवानी थापा र लुक्का थापाको कौडा नाच, दुर्गा पाठकको नाच, एवम् बिद्या, आलिसा, अस्मिता र श्रेयाको नाचबाट उपस्थित सबैले भरपुर आनन्द लिएका थिए भने कार्यक्रमको अन्त्यमा उपस्थित पाहुना, कार्य समितिका पदाधिकारीहर लगायत सबै जना मन्चदेखी पुरै हल भरी घुमी घुमी नाच्दै आनन्द लिएका थिए।
कार्यक्रमलाई सफल वनाउन आथिर्क एवम भौतिक सहयोग गर्नु हुने बबिता गुरङ, सम्झना खड्का छेत्री, शान्ति थापा, सिता आचार्य, डा. जनक धिताल, कल्पना सेन, तुलसा शर्मा, सिर्जना श्रेष्ठ , कमल अर्याल, लक्ष्मी गुरुङ्, रश्मी भण्डारी, लक्ष्मी भन्डारी, शर्मिला सापकोटा, श्याम शेरचन, दुर्गा शेरचन, टुका सान्डवेल, शोभा गुरुङ, अनिता सिमखडा, मिना भट्ट, महेश रेग्मी, शेखर शर्मा, पि्रया ज्ञवाली, रत्ना शाही, उर्मिला श्रेष्ठ, मसला मार्ट, प्रकाश पुन, उसा भट्ट, ज्ञान शेरचन्, मिलन देवान, नन्ड कुमारी गुरुङ्, जानकी सुनार, योगेन छेत्री, प्रबेश छेत्री ,गणेश गुरुङ्, रुचिला बाँस्तोला, श्रीराम न्यौपाने लगायतकालाई कदर स्वरुप प्रमुख अतिथि अम्बिका लुइटेलले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अम्बिका लुंइटेल, एन आर एन युरोपका सह संयोजक लक्ष्य गुरुङ, महिला अधिकार बिषयमा क्रियाशिल डा. जनक धिताल, निबर्तमान अध्यक्ष सूर्य गुरुङ, सल्लाहाकार डा. राघव धिताल, पशुपति भन्डारी, राजु थापा, कृष्ण भट्ट, बिनोद ज्ञवाली, समाजसेवी देवी आले, नन्द कुमारी गुरुङ, नरेन्द्र कंडेल, नसिर्ङ एशोसियनका अध्यक्ष शान्ता संग्रौला, बिभिन्न सँघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, एन आर एन यू केका अध्यक्ष कूल आचार्य, उपाध्यक्ष द्वय महेन्द्र कंडेल र थर्क सेन, राष्ट्रिय संयोजक राम सिम्खडा, सह संयोजक शुस्मा लिम्बू, कोषाध्यक्ष दिलराज गुरुङ, प्रबक्ता जिब बेल्बासे, सास्कृतिक संयोजक रमेश बाँस्तोला, सदस्य राजन छेत्री, दासु पाण्डे, लगायतको उपस्थिती रहेको थियो ।
