चितबन ९ चैत ।
सुचना र सञ्चार क्षेत्रमा आदिवासी जनजातिहरुको प्रतिनिधित्व गराउने उद्देश्यले आजदेखि चितवनको भरतपुरमा सात दिने आद्यारभुत पत्रकारीता तालिम शूरु भएको छ । जिल्ला विकास समिति अन्तर्गत आदिवासी जनजाति जिल्ला समन्वय समिति चितवनको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार संघ चितवनले तालिमको संयोजन गरेको हो ।
तालिमको आज समन्वय समितिका उपाध्यक्ष वीरेन्द्र तामाङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उपाध्यक्ष तामाङले सुचनाको पुहच सम्म पु¥याउन आदिवासी जनजाति युवाहरुलाई तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अन्य समुदायको तुलनामा आदिवासी जनजातिहरु सुचनाको पुहच सम्म पुग्न नसकेका कारण यस्तो किसिमको तालिम आवश्यक रहेको उहा“ले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सल्लाहाकार दिनेशकुमार थपलियाले यस्ता किसिमका तालिमले नेतृत्व बिकासमा समेत महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
चितवनमा श्रमजीवी पत्रकार ऐन कायान्वयन हुनुपर्ने माग गर्दै श्रमजीवी पत्रकारहरु आन्दोलनमा उत्रिएका बेला आयोजना गरिएको तालिमले औपचारिकता मात्र नभइ वास्तविक संचार क्षेत्रलाई बझु्न समेत सहभागीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला बिकास समितिका सामाजिक विकास अधिकृत कृष्णजयन्ती पौडेलले आदिवासी जनजाति युवाहरुलाई समाज परिवर्तनमा लाग्न आग्रह गर्नुभयो । आदिवासी जनजातिहरुको सवालमा जिल्ला विकास समिति सधै सकारात्मक रहेको उल्लेख गर्दै पौडेलले सधै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा समन्वय समितिका प्रतिनिधि साजन महतो, एकवहादुर सिंजाली मगर, सोमवहादुर सिंजाली लगायतले बोल्नुभएको थियो । आजदेखि शूरुभएको तालिम चैत्र १५ गते सम्म चल्ने छ । आजको प्रशिक्षण कार्यक्रममा कान्तीपूर दैनिकका दिपेन्द्र वडुवाल र नेपाल वान टेलिभिजनका व्यूरो प्रमुख एवम क्रिष्टल टेलिभिजनका समाचार प्रमुख सन्तकुमार चौधरीले प्रशिक्षण दिनुभएको थियो ।
विभिन्न गाविस र नगरपालिका गरी ३० जना प्रशिक्षार्थी सहभागी तालिममा रेडियो चितवनका समाचार प्रमुख एवम उज्यालो नाइन्टी नेटवर्कका मोहन बस्याल, नेपाल पत्रकार महासंघ चितवनका सचिव एवम राजधानी दैनिकका संवाददाता राधेश्याम खतिवडाले प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।