प्रेम नेपाली ,
पोखरा, चैत्र ११ - बागलुङको ढोरपाटन आरक्षण केन्द्रमा शनिबार दिउँसो फिस्टेल एयरलायन्सको ९ एनएकेए हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर उड्न लाग्दा टेलरोटर (पछाडिको पुच्छर) जमिनमा ठोक्किएर सामान्य क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको पोखरा विमानस्थलका वरिष्ठ अधिकृत अनुप जोशीले बताए ।'बिहान ११ बजेतिर पोखरावाट ढोरपाटनका लागि हेलिकप्टर उडेको थियो' जोशीले भने 'दिउँसो एक वजेतिर पुच्छर ठोक्किएर क्षति पुगे पनि मानवीय क्षति नभएको जानकारी आएको छ ।' पोखरावाट एक यात्रु वोकेर हिडेको हेलिकप्टर दुर्घटनाको जानकारी १:३० बजेतिर बिमानस्थललाई प्राप्त भएको थियो ।
उनले उद्वारका लागि पोखरावाट ईन्जिनियरसहितको टोली हेलिकप्टरमा पठाएको जानकारी दिदै त्यसपछि विस्तृत विवरण आउने जानकारी दिए ।कान्तिपुर