काठमान्डौ ९ चैत ।

जेठ १४ सम्म विदशेभ्रमणमा नजाने एमालेले गरेको निर्णय विपरित नै अध्यक्ष खनाल आज उपचारका लागि भन्दै दिल्ली जानु भएको हो ।
ललितपुरको किष्ट अस्पतालको सिफारिसमा खनाल उपचारका लागि दिल्ली जानु परेको उहाँको निजि सचिवालयले जनाएको छ । । दिल्ली बसाईका क्रममा अध्यक्ष खनालले स्वास्थ्य उपचारसँगै राजनीतिक भेटघाट पनि गर्नुहुनेछ । खनाल बिहान साढे ९ बजेपछि दिल्ली प्रस्थान गर्नु भएको हो ।