नारायण सापकोटा,
चितबन १४ चैत । भरतपुर नगरपालिका वडा नं. १ आंपटारीमा रहेको दियालो बंगलाको भु–भागलाई कसरी प्रयोग गर्ने भन्ने अन्यौल रहिरहंदा बाल उद्यानको परिकल्पनालाई नेपाल ट्रष्टले पनि सकारात्मक लिएको बाल उद्यान बिकास समितिले जनाएको छ ।
दियांलो बंगलाको परिषरमा पव्लिक बिश्व बिद्यालय, ऐतिहासिक संग्रालय र पर्यटकिय क्षेत्रको अवधारणा अगाडी आईरहदा बाल उद्यान समितिले सो क्षेत्रमा बाल उद्यानको परिकल्पना अगाडी ल्याएको हो । बाल उद्यान समितिका संयोजक बद्री अधिकारीले बाल उद्यानको प्रकृया चलिरहेको जानकारी दिनुभयो । बंगलाको भुभागको उपयोगका बिषयमा केही दिन अधि मात्रै जिल्लाका सरोकारवालाहरुसंग छलफल भएको थियो ।
बंगलाको दिगो संरक्षणका लागि आर्थिक पक्ष महत्वपुर्ण भएकाले आयस्रोतको ब्यबस्थापनका लागि पनि उद्यानको परिकल्पनालाई साथ दिनुपर्ने समितिको भनाई छ । पर्यटकिय गन्तब्यको रुपमा चितवनलाई चिनाउन बाल उद्यानले पनि टेवा पु¥याउने भएकाले यसको निर्माणका लागि आफुहरु लागि परेको समिति संयोजक अधिकारीले बताउनुभयो ।
५७ बिगाह क्षेत्रफलमा फैलिएको दियालो बंगलाको भुभागमा पर्यटकिय क्षेत्र र बंगलालाई संग्रालयको रुपमा बिकसीत गर्न यहांका पर्यटन ब्यबसायीहरु लागि परेका छन् । यद्यपी पब्लिक बिश्व बिद्यालय चितवनमा नै निर्माण गर्नुपर्छ भन्ने बिषयमा भने आफुहरुको दुईमत नरहेको उहांले बताउनुभयो ।।दियालो बंगला क्षेत्रको आफ्नै पहिचान महत्व भएकाले सो क्षेत्रलाई आर्थिक आर्जनको स्रोतको रुपमा लानुपर्ने उनीहरु बताउंछन् ।
बगंला क्षेत्रमा बिभिन्न किसीमका पार्क निर्माण गरी चितवनलाई दोस्रो पर्यटकिय गन्तब्यका रुपमा स्थापित गरी आर्थिक आय आजर्नको क्षेत्रलाई दिगो बनाउन सो क्षेत्रले महत्वपुर्ण हिस्सा ओगट्ने पर्यटन क्षेत्रका बिज्ञहरुले बताएका छन् ।
बाल उद्यानको प्रारम्भिक अवधारणा बनाईएपनि त्यसको खाका भने तयार भएको छैन । यसका लागि नेपाल टष्टको कार्यालय संग छलफल भैरहेको संयोजक अधिकारीले जानकारी दिनुभयो ,। यता पब्लिक बिश्व बिद्यालय दियांलो बंगलामा नै बनाउनुपर्ने अडानमा यहांका शिक्षाबिज्ञहरु छन् ।