Responsive Ad Slot

latest

सबारी चालक पेसामा कार्यरत दिलिप घर्ति मगर रहेनन अब I

Tuesday, March 27

/ by Admin BHOLA THAPA
निमकान्त पाण्डे
युएई, २७ मार्च । अबुदाबिको मुसफामा रहेको सिनियर लोजेस्टिक कम्पनीमा ३ महिनादेखि सबारी चालक पेसामा कार्यरत दिलिप घर्ती मगरको हाटएटेक का कारण मृत्यु भएको छ । बिगत तिन महिना देखि उक्त कम्पनीमा ट्रेलर चलाउदै आउनु भएको भएता पनि बिगत लामो समय पहिले देखि युएईमा कार्यरत रहदै आउनु भएको थियो ।

दाङ्ग बसोबास गर्ने ३८ बर्षीय दिलिप गर्ती मगर ३ छोरी १ छोराका अभिबाबक हुनुहुन्थ्यो । छोरीलाई स्टाप नर्स अध्यान गराइसकेका दिलीपले सुन्दर संसारमा परिवारलाई सुख सग पाल्ने सपना सहित लामो समय देखि पर्देसी जिबन बिताएका थिए ।

मृतकका साला सन्त मगर र जय मगर ले तत्काल युएईमा रहेको प्रगतिशील यातायात मजदुर मंचका कोषाध्यक्ष बल बहादुर बिकलाई खबर गरी सबैजना कम्पनीमा गई भुझ्दा कम्पनिले कुनै किसिमको पहल नगरेको जानकारी पाएपछि पुलिसमा रिपोर्ट गरी लास रहेको खालिफा हस्पिटलबाट डेथ सठिपीकट लिएर नेपाली जनप्रगतिशील मंच युएई महा-सचिब श्याम परिवारको सहयोगमा नेपाली दुताबास अबुधाबीका प्रथम सचिब लोक बहादुर क्षेत्रीलाई भेटि सम्पूर्ण जानकारी गराउनु भएको थियो ।

रूममा मृतु भएको हुदा ईन्सुरेन्स नापाएता पनि लास र ऊ सगै जाने ब्याक्तिलाई घर सम्म पुग्ने ब्यबस्था कम्पनीले मिलाउनु यहाको कानुनमा रहेको र तुरुन्तै नेपाल पठाउन कम्पनीमा पहल सुरु गरीने आसश्वासन दिनु भएको छ । मृतुको खबरले घरमा सबैजनालाई मर्महात बनाएको छ भने श्रीमतिलाई हस्पिटलको आइसीयुमा राखिएको छ सोकाकुल रहेको गाऊ संसारबाट बिदा लिई सकेका दिलिपको भौतिक शरीरको पर्खाइमा रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI