युवराज श्रेष्ठ,
लमजुङ बैशाख १७ गते । लमजुङको बेसीशहरमा आजदेखि चौथो राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ । जिल्लाको खेलकुद विकासका लागि बर्षा १ पटक मात्र आयोजना हुने राष्ट्रपति कप खेलकुदको आज भब्य समारोहकाबीच पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष दीपक कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा हालसम्म छात्रतर्फ१६ टिम र छात्रा तर्फ१४ टिम सहित ३८ विद्यालयले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पर्ुण्ाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।