प्रेम स्याङतान तामाङ
४ बैशाख दोहा कतार।
नयाँ वर्ष २०६९को अवसरमा न्यू संघर्ष न्युजिक ब्यण्डको अयोजनामा न्यू संघर्ष म्युजिकल सो सम्पन्न भएको छ । कार्यक्रमका लागि नेपालवाट आएका अतिथि कलाकार साउथ एशियन स्टार गायक अशुसेन लामाले उनको निकै चर्चित एल्वम माईक र टलेन्टफोरको चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उनी ईण्डियन आईडल प्रशान्त तामाङको म्युकिज कम्पोजर पनि हुन् ।
कार्यक्रम आयोजक न्यू संघर्ष म्यूजिकल ब्यण्डका विशाल लामा, अमृत लामा,प्रकाश थपलिया रहेका थिए ।
प्रमुख अतिथिको रुपमा नेपाली नियोगकका कार्यवाहक राजदूत जय वहादुर राई र श्रीमती रत्न राई रहेका थिए ।
उपस्थित सम्पूर्ण नेपाली दर्शकहरुलाई नयाँ वर्ष २०६९ सालको शुभकामना दिंदै प्रमुख अतिथि नियोगक कार्यवाहक राजदूत जय वहादुर राई भने नेपालीहरुको लागि आज विशेष दिन हो । समाज र देशको लागि भलो हुने सृजनात्मक कार्यतिर सवै लग्नु पर्ने विचार ब्यक्त गर्दे जहाँ रहेपनि राम्रो काम गरियो भने नेपालीहरुको शीर ठाडो हुने हो ।
कार्यवाहक राजदूतको मन्तब्य पछि कार्यक्रम औपचारिक रुपमा संचालन भएको थियो । कार्यक्रम संचालन कुमार मोक्तान र कल्पना गुरुङ्गले गरेका थिए ।