(१) पहिलो पटक गाँउमा बाँ सँग डुल्दा।
दुईतले घर हरियो रोकन टिनको छानो,पूर्वतिर मोहडा, दुबैतिर कोठा निकालिएको, तल्लो बायाँ तर्फको कोठा तल ह्वांगै थियो माथि कोठा तल ढिकी–जाँतो,जाँतोेलाई ठुम्सेले छोपिएको, पल्लोकुनामा कुखुराको खोर , माथि कोरला बसेकि पोथी , बार्दलीमा परेवा र भगेराका जोडि एक आर्कामा प्रेमालाप गर्दै , दलिमा एक गौथलीको आकर्षक गुण, भित्ताहरुमा सिमेन्ट पलास्टर अगाडिका भित्तामा चन्द्रमा,फूल, स्वस्तिक चिन्हहरुका चित्र सप्तरंगी रंगहरुले कोरिएका, बार्दली चौकोश ज्यादै सुन्दर ,कठबार भ्mयाल ढोकाहरुलाई पनि हरियो रंगले अझै राम्रो देखाएको थियो ।
सर्लक्क सिनित्त लिपपोत पिडि आगन, आगनको उत्तर पट्टि तुलसीको मोेठ त्यसलाई पनि आर्कषक बुट्टाले सजाईएका, साथमा सालको लिङ्गो घरभन्दा अग्लो गाडिएको। पूजा गरेर चढाईएका फूलहरु राता पहेला, सेता अझै ताजा नओइलाएका ।
सागर श्रेष्ठ |
आगनको देब्रे चौकोसमा कलधारा अगाडि करेसाबारी, लसुन प्याज, सांग, गांजर, मूला अनि विभिन्न प्रजातीका हरिया साग सब्जीहरु राम्ररी बारिएको, त्यसकै साथमा सानो चिटिक्क परेको टौवा , धनसार तल एक जोर खाइलाग्दा भैसी माउ पाडा आरासंग उगारर्दै बसेका,मुखमा सेतो फिजकाड्दै ठस ठस् कन्दै , अल्लि उचाइ पारेर बनाइएको फलेकी बाख्राको खोर, अगाडि उहि पारिलो बस्ने ठाउ दुईजोर बाख्रा पुस्टिएका पाठाहरु मस्त घास खान तल्लिन डाहा गर्दै । भकार सफा सुध्घर ।
काहाँ लगे गोबर भकारका झ्यागल्टाहरु पत्तै छैन । अल्ली पर गोबर ग्यास रहेछ, अचम्म लाग्थ्यो सबै छ यो घरमा बेलाउतीको रुख, सुन्तला, नास्पती, लिची, भूई कटर, साना गमक्क परेका आपका रुख, बारीको छेउमा कटरको रुख पनि । साच्चै कति सुन्दर एकान्त अनि बगैचा रंगी चंगीफूलहरुको बिचमा एउटा नमूना घर । बा’ यो कस्को घर हो? यसमा को बस्छ ? यसमा पनि हामी जस्तै मान्छे बस्छन् ? म बा’को औला समातेर हिड्दै सकि नसकि बा’को मुखमा हेथ्र्थे ।
(२) पहिलो पटक बाँ सँग शहर जाँदा :
बा’को काँधमा थिएमा च्यातिएको जडौरी छातामा बा’ले बोकेर लग्नुभएको थियो ठ्याक्कै तिन घण्टा लागेको थियो दमौली सदरमुकाम पुग्न, हिड्दा हिड्दै लखतरान बा’लाई पच्छ्याएर गएको परिणाम रुन मात्र सकिन । आफै गएको भएर मात्रहो नत्र उत्तपात मचाउने थिए । सजिलोमा हिड्ने अप्ठ्यारोमा बोक्ने, हाम्रो सहमति थियो। आफ्नो गोरेटो घोरेटो एकोहोरो बाटो सिद्धयाएपछि एउटा नयाँ चिल्ला कालो बाटो देखिएको थियो । दिनको बाह््रबजेको समय सडक तातिएको रैछ एक्कासी चिसिक्क पोल्यो मेरो कलिलो खुट्टममा म आत्तिए र बाले बोक्नु भो ।
बा यो बाटो कहाँ पुग्छ ? कति राम्रा बाटा अनि ठाँउ ठाँउमा बोर्ड सेता खम्बा गाडिएका अग्ला अग्ला टावर लामातारहरु, एक्कासी हुई य ध्वाइ य को आवाजले मेरो सात्तो पुत्लो गयो बा कै काँधबाट हाम्फाल्न लागे आत्तिएर बाले नआत्ति नकरा केहि हुदैन भन्दै समात्तनु भो म डरले धन्दै बाको काधमै सू.....गरेको । अल्ली पर पुगेपछि बल्ल बोल्ने आट आयो । ए बा के हो त्यो कस्तरी दौडेका त्यो मुन्छे बोक्ने भाडो हो मुन्छे नि थिए नि बा त्या, बा मन्दमुस्कानमा मेरो टाउकोमा हात राख्दै कपाल मिलाउदै भन्नु भो । बाबु त्यो मोटर हो । मोटर शब्द मैले उहि दिन देखि सिकेको थिए । त्यो सानो सानो नि बा त्यो कार हो त्यो दुई पाङ्गे्र साइकल अल्ली ठुलो मोटर साइकल मैले जे सोधेनी बाले फटक उत्तर दिदा लाग्थ्यो हाम्रा बा जस्ता जान्ने कोहि छैनन् । बालाई म बेला बेला गालामा म्वाई खान्थे । बा ऊ त्यो ठुलो ठूलो अग्ला के हो नि त्यो लस्करै रहेका ? बा बोल्नु भो त्यो त लाइटको पोल हो बत्ती बाल्न हो राती म मन मनै भन्थे त्यो अग्लो टुकि हो कि क्या हो फेरि कसरी मट्तिेल, कसरि हाल्छन् होला यो सवालले दिक्क बनायो मलाई , बा किन यहाँ यत्रा ठुल्ठुलाघरहरु नि ।सबैमा मुन्छेछन् ? बज्जीया नबोल्न यो बजार हो के हामी गाँउमा बस्छौ यो बजार हो बजार । मैले सबै बुझे झै ए भने थोरै समय चुपलागेर बस्ने कोसिस गरे । यो कुनै सरकारी अण्डा या घरहरुहन् ।
एक छिनको मौनतालाई भंग गर्दै ए स्याने निदाईस् कि क्या हो ?। म भने अझे भित्र भित्र के छ होला के के हो के के मैले जान्न बुज्न सकिन बालाई सोधे रिसाउछन् मन मनै विचार गरे अनि बा लाई सोधे वा हामी नी यहि बसौन ।
हुन्न ? के भन्छ मोरो, बा छक्क पर्दै हेर्नु भो । यहाँ हाम्रो घर छैन कहाँ बस्ने ? चिनेको आफन्त कोहि छैन कहाँ बाँस बस्ने पैसा छैन कसरी केल्ले किनेर खाने ? मैले पैले सवाल गरेझै बाले सवाल गरेको सुन्दा म हतासिए ढिपी गर्न सकिन । गाँउमा त मेला पात गरेर भए पनि बाच्न सकिन्छ एैचो पैचो चल्छ यहाँ त केहि चल्दैन तेरो बाउसंग पैसा छैन हामी गरिब हौ बाबु हाम्रो हैसियत औकात छैन यहाँ बस्न। हामी बाच्न सक्दैनौ बा यहाँ , यहाँ मनभएका हैन धन भएका मात्र बस्छन् । तेसो भए उनिहरु कसरि बाचेका छन् त बा ? उनिहरुसबै धनीहरु ह्ुन् ? हैन बा फेरी , कसरी हामी पनि बस्न सक्दैनौ ? एक हुल बच्चाहरु सजिएर एउटै कपडामा आएकोे देखेर सोधे मैले बा कहाँ गएर आका हुन् नि? कोही हतार हतार बच्चाका हात समातेर दौडाउदै थिए कोहि मोटर साइकल कोहि कोहि बस अनि कारमा पनि कहाँ गएर आका बा सप्पै?
नबोल्न भने सबै बोङ्गिस्कूल पढेर आका हुन् । बा मलाई नि किन्दिनु न तेस्तै झोला त्यस्तै कपडा जुत्ता म पनि पढ्छु नि बोङ्गि हुन्न ? ल ल पछि के बाबु त अल्ली ठुलो भएस् अनि । बाले मलाई त्यस दिन चप्पल किनीदिए मलाई कस्तो सिरिङ्ग सिरिङ्ग काउकुति लाग्दै थियो विस्तारै हिड्दै चप्पल फुत्त फुत्त निस्कदा हैरान भएको थिए । चप्पल फुत्किने डरले हिड्नै विर्सदा बाले नआत्ति भोली पर्सी झन जुत्ता किन्दिम्ला अहिले राम्रो संग ला हिड् भन्दा म पात पातै उड्थे ।
ए बा हामी संग पक्कै पैसा छैन ? पैसा कसरी आउछ कहाँ बाट आउछ कसरी कमाइन्छ आदि इत्यादि प्रश्नहरु खनिदा बा जबाफ दिन नसक्दाको क्षणमा मैले मेरो बा भन्दा जान्ने मान्छे अरुनै छन् कि भन्ने संका लाग्थ्यो । पढेर ठुलो मान्छे बन्नु पर्छ अनि बल्ल पैसो कमाउन सकिन्छ असल हुनुपर्छ बा । पैसा कमाउन पनि श्री लेखेर आउनु पर्छ हाम्रा मा लेखेनन् । हैन बा कहाँ लेख्छ तेस्तो मलाई पनि लैजाउन मेरोमा नि लेखाई देउ मलाई बस्नुछैन गाउमा चाडै पैसो कमाएर बजार जानुपर्छ गाडि चड्न पर्छ । मलाई हरेर बा भन्दै थिए त बुज्दैनस् यस्तो कुरा अलि ठुलो भइस् अनि बल्ल ।
राती बाले बोकेरै घर ल्याउनु भो भुुसुक्कै भएछु म त घर पुग्दा पो आमाले आउ बा भनेर बोलाउदा म झसंग हुदै आमालाई आफ्नो दिनको काहानी सुनाउन थाले सब भन्दा पहिले भुक्के चप्पल देखाए अनि आमाले फुल्याउदै खाना ख्वाउनु भो म दिन भरिको थकानमा पनि सुत्न गाहो पछि भो । एउटै प्रश्नले बार बार घोची रह्यो हामी किन धनि भएनौ किन मेरो राम्रो उनिहरुको जस्तो लुगा छैन किन हाम्रो घर बजारमा हुन सक्दैन हाम्रो किन गाडि छैन ? फेरी बाले भनेको सम्जिए ऊ त्यो देखिस् त्यो भरिया हो भारी बोक्छ , ऊ त्यो ठेला चलाउदै हिड्छ यो सबै पसलहरु हुन् याहाँ बेच्न राखेको हो सबै पैसा नभइ केहि दिदैन याहाँ , ऊ त्यो बच्चा छ नि झुत्रो मैलो कपडालगाएको सिंगाने बच्चालाई अंकित गर्दै तिमी जस्तै सानो, त्यसलाई खाते भन्छन् ।
उसको कोहि छैन भए पनि मागेर खान्छ कति फोहरी छ हेरत पैसा नहुनेरुको हालत यस्तै हुन्छ । अनि मलाई डर लाग्थ्यो हाम्रा बा का नि पैसाछैन भन्छन् यता बजार आएर यस्तै भइयो भने हे भगवान । डर लागेर आयो त्यो बौलाह बोह्रा बोक्दै हिड्नेले छोप्यो भने के गर्ने बरु हाम्रै गाउँ ठिक छ यहा बरु सिनो र दिसा पिसाब बाहेक अरु गन्हाउदैन त्या त सबै ठाउमा गन्ध हवाक..... धन्दै उल्टि आको थियो दौडिएर पो नत्र ......
(३) साच्चै त्यो सपना जस्तै थियो मेरो लागि अहिले म मेरो घरको आगनमा आमाले गर्दा जबरजस्ती उठेर मुख धुन खोज्दै छु बडि मुस्किल्ले, कति सानो छ हाम्रो एक पाखे घर आगन झन सानो , न गोठ, न करेसा बारी, न बगैचा , छानो पनि उद्रिएको छ अस्ति पानी पर्दा कस्तो विजोग भएको थियो सबै पानी भित्र पलास्टीले झुत्राकपडा पनि ढाकेर राख्नु प–र्यो, जाडोमा फेरी मुढाकै भरले रात काट्नु पथ्र्यो , हाम्रो के नै छ र चुहिने घर त्यहि आरन त हो । कसरी जाने बजार ? कसरी हामी गरिब भयौ पैसा कसरी कमाउने ? उनिहरु पनि मान्छे हामी पनि, फेरी कसरी फरक भो उ र हामीबसेको ठाउ हामी भाको ठाउमा किन मोटर आउदैन ।
हामी किन स्कूल जादैनौ, विरामी हुदा पनि औषधी नपाएर अस्ती मान्छे मरे रे पल्लो गाँउमा ,बत्तिछैन मट्टितेल नहुदा जुनसंगै अनि जुन नहुदा आगोकै भरमा कति पल्ट खाना खाईयो, कलिला मस्स्किमा सधै गडिरहे यी प्रश्नहरु काडाँसरी । हुन त हाम्रै गाउँ राम्रो छ किन फेरि मलाई बजारले तानेको आभास हुन्छ, त्यो बुझ्न सक्दिन थिए ।
(४) भर्खर हिड्ने भएर होला बा संग जाहा जाननि तम्सन्थे आज पनि, बा म पनि जान्छु भने बाले भयो भो म यति हसिया साईली मुखिनीकाहाँ पुयाएर आउछु भन्दै थिए आमाको काखबाट झटपट भाँगे। म रोइदिए पछि पछि दौडिएपछि बाले घिच्चाउदै लानु भो आमाको आग्रहमा । आजकल धेरै बोल्ने भएर हो या किनहो बा लानै मान्दैन चक् चके छस् भन्छन् ।
मेरा बा कोइला जस्ता त छैनन् तर सेता पटक्कै होइन् मेरो नजरमा , भर्खरका भए पनि च्याम्से अनुहार , सायद गरिबीले उठ्नै दिएनन् बुढो जस्तो देखिन्थ्यो जवानी फक्रनपाएनन् । बाबा आमा बेलैमा गुज्रे टुहुरो हुन् रे हाम्रा बा कोहि नभएको, हाम्री आमा भने हिउजस्तै थिइन् मेरी आमा कस्ति राम्री, मन मनै सोच्थे कसरी पाए होला हाम्रा बाले ? नखाए पनि खाए झै बस्थी, आरानमै भए पनि सफा हुन्थी ।
गोलो अनुहार, आखा ठुल्ठुला चन्चल रमाएका आखा दुखमा पनि नआत्तिने मन, सृंगार नभए पनि राम्री छिन् मेरी आमा,जुन जस्ती । मेरा बा, मजौला कदका फाटेको टोपी, नकोरीएका कपाल , आखा , आमाको संग दाज्दा त नरामै्र हो तर राम्रा छन् , दात भने मजाले टल्कन्छन् बा का मोती झै छन् । कालै स्टकोट भित्र प्राय केहि लाउदैन ,काटेको जाँगे जिन्स पाइन्टको हो क्यारे अहिले भने देब्रपट्टि मैलले छोपेको झोलामा पाँच छवटा हँसियाँ राखेका छन् बेँड देखाएर । साईलीमुखीनी, हैन कोहि हुनु हुन्न कि क्या हो ? बाले फेरी ठूलो स्वरमा ए मुखिया बा भने पछि ए यो त काले पो रैछ । भन्दै मुखिनी भनौदि आइन् ।
बनाइस् त? बनाए आमा । राम्रो संग पाइन हालिस् अस्तिको राम्रो भा’थेन बुझिस् चाँडै धार भुत्ते भो झ–यो पनि त्यो ठूलो खुर्पाको दात नै। हिजो त बजार गईछस् । हसुवा नभएर हर्जै भएको थियो । बुबा विश्वास दिलाउदै भन्दै थिए अहिले राम्रो संग बनाइदिएको छु चल्छ एक बर्षनै ।
त्यो सब एउटा सानो नानीले देख्दै थिइन् । ऊ मलाई टुलुु टुलुु हेर्दै थिइन् । म धन्दै आधा नाङ्गै थिए । उ भने चिटिक्क परेर सिगारिएर बसेकि थिइन् । बन्दना के हेरकी नहेर भित्र जा । उता बस् । हामी आगनको ठुलो छपनिमा बसेका थियौ बा टुक्रुक्क बसेका थिए म बाको दुई घोडाको बिचमा पिङ्ग खेल्दै बसेको थिए , ए छोरो पनि ठूलो भएछ संगसगै हिड्न सक्ने भएछ मुखिनी भन्दै थिइन्। आफै त मुखिनी हजूरहरुको कृपा ।
बा भन्दै थिए आज पिरेर धरै नपा’र सगै ल्याको । म विस्तारै सासले बोले बा पानी खान्तु । ल ल घर गएर खालास् । म खुट्टा बजार्दै गुनगुन गर्दै फेरी पानी खान्तु के , जोडले भने यस पटक भने मुखिनीले सुनिछिन् क्यार पानी ल्याइदिई गिलासमा र परै राखेर भनि, ल पि बज्जिया पानी , ल यो त हानिएर आयो छोइएला नि फेरी भन्दै तर्कि मुखिनी।
मलाई अचम्म लाग्यो के छोइएला भनेकी उसैले गिलास दिएर, बा सग सोध्न आटेको के थिए बा ले अहिले नबोल भनेर मुख बन्द गरिदिए । बाले गिलास सफा गरेर पर घोप्टाए । ल सुके पछि लैजाउला भनि बुढि । मुखिनी अलिकति साँग पाए हुन्थ्यो । ल ल पहिला यो एउटा चौटो खन्देत भन्दै कोदालो तेर्साई , बाले पनि बाजो ब्वाङ्ग ब्वाङ्ग एकै छिनमा खनिदिए र बदलामा एक छाक सांग पनि दिए बा खुसि भएर लिदै दसऔलाजोड्दै भलोहोस मुखिनी भनी हिडे । अझै ती नानी पनि हेदै रैछिन बार्तली बाट र मैले हेरे उसले हात हल्लाइन् मैले मुखिनीले नदेख्ने गरेर हात विस्तारै हल्लाए । अल्ली पर आगन कट्न मात्र लागेका थियौ । रुवाई........ आवाज आयो यसो फर्किएर हरेको त मैले पानी खाएको गिलास बाट धुवा निस्किरहेको थियो । बा संग पछि सोधे त्यो चोखो बनाएको रे भित्र लान।
(५) उपसंहार
अस्ति धारामा परै भएपनि रहरले सानो जर्किन लिएर पानी लिन जाँदा पनि ए स्याने त परै बस् त, एक छिन नआइजा याहा छोइन्छ भनेको सुनेको थिए सबैले । म मुर्ती झै बसिरहे पछि पानी सकि नसकि थापे , आमा संग एक पल्ट बेसी जादा पनि तेस्तै सुनेको थिए छोरोलाई सम्जा फेरी पानी छोइदेला, यता नआउ भर्खर पोतेको हो । आमाले सम्जाउदै भन्थी हामी साना जात रे कसैको घर चौकट टेक्न कसैलाई केहि चिज छुन नपाइने रे अलक्क लिनु दिनु पर्ने रे हैन सबै एउटै छन् ।
आमा हामी पनी मुन्छे उनि हरु पनि मुन्छे , कहालेखेछ र उच र निच निधारमा छैन, तिम्रो नि छैन, बा को नि छैन मेरो छर? अनि उनिहरुका पनि छन् र म पढेलेखे झै सोध्छु । हामीले बनाएको सप्पै चिज भित्र खुसीहुदै लान्छन् गिलास धोएर लान्छ मैले अस्ति नुहाएको दिनमा पनि भित्र पस्न दिएनन् आमा, म रुन्चे स्वरले भने आमा भन्दै थिई हाम्रो समाज यस्तै हो ।
यो समाज पनि त हामी जस्तै मान्छेले बनेको हैन आमा । किन हाम्रो घर उनिहरुको घर जस्तो छैन किन हामी गरिब उनिहरु धनि किन हामी निच तल्लो सानो जात उनिहरु किन उच्च जात, हाम्रो पसिना खानहुने तर किन हामीलाई छुन पनि नहुने पानी पनि नचल्ने ? यी सवालहरुको चित्त बुज्ने जवाफ नपाउदा आमा बा संग म धेरै नबोल्ने भएको थिए साथी पनि कमै थिए मेरा म दिनानु दिन विद्रोह गर्न तम्सिएको थिए ।
आमा सधै भन्थिन् हाम्रो कानुनमा त सबै समान हुन् सबै नागरिको समान हकअधिकार हुन्छ भनि लेखिएको छ भन्थिन् र तँ आफै बुझ्छस् ठूलो भए पछि पढेपछि भन्थिन तर मलाई के को कानुन के को अधिकार मलाई त धारमा, कसैको घरमा, पूजा आजामा मन्दिरमा कसैसंग छोइदा, तिरस्कार गर्दा समान ब्यवहार नगर्दा बजार जाँदा आफुसंग गाडि नहुदा रिस उठ्थ्यो र त्यसको अन्त खोज्थे र सधै आफु कहिले ठूलो हुने र सबैलाई कसरिबुझाउने , सिकाउने बारेमा विद्रोह अनि आफै सानो भएकोमा आमा संग बा’संग समाज संग सधै अघोसित सितयुद्ध गरिरहन्थे । समय संग विद्रोह गरिरहन्थे ।
स्याम्घा ६ तनहुँ
हाल कतार
Email :info@tanahunkhabar.com