प्रदर्शनीको नेपाली का“ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलद्वारा उद्घाटन
तनहुँ खबर संवाददाता
तनहुँ १९ चैत । तनहुँको दमौलीमा औद्योेगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । औद्योगिक विकासमा टेवा पु¥याउने, घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गरि उत्पादनमा बृद्धि गराउने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीको नेपाली का“ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो । प्रदर्शनी उद्घाटन अघि निस्किएको ¥यालीले दमौली बजार परिक्रमा गरेको थियो । औद्योेगिक प्रदर्शनीमा सहभागी बनौ“, स्वदेशी उद्योग र उद्योेगलाई प्रोत्साहन गरौ“, समृद्ध नेपालको निर्माण गरौ“ भन्ने नारास“गै शुरु भएको मेला चारदिनसम्म चल्ने आयोजकले बताएका छन् ।
घरेलु विकास तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय तनहुँको आयोजनामा भएको मेलामा घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री तथा प्रविधिको प्रर्दशनी गरिने कार्यालय प्रमुख नारायणमणि लामिछानेले जानकारी दिनुभयो । प्रदर्शनीमा पश्चिमाञ्चलका १६ जिल्लाकै उद्यमीले उत्पादन गरेका वस्तुहरु मध्ये उत्कृष्ट उद्यमी प्रतियोगिता, ख्याति प्राप्त कलाकारको प्रस्तुती लगायत रहनेछन् ।
५० हजार भन्दा बढी दर्शक ले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।