७बैशाख काठमान्डौ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव बन्ने संविधान पहिचान सहितको संघीय संविधान हुने बताउनु भएको छ । आफ्नै निवास लाजिम्पाटमा बिहान आदीवासी जनजाति महासङ्का प्रतिनिधीहरुको ज्ञापनपत्र बुझ्दै माओवादी अध्यक्ष प्रचण्डले पहिचानलाईनै आधार बनाएर संविधानको विवादित बुँदामा सहमतिको प्रयास भइरहेको जानकारी दिनुभयो ।
br />
दलहरु पहिचान सहितको संविधान जारी गर्नेमा सहमति नजिक पुगेको दावीगर्दै प्रचण्डले आजको प्रमुख तीन दलको बैठकमा पनि यसबारेमा छलफल गर्ने जनजाति सभासदहरुसँग बताउनुभयो । केही शक्तिहरु पहिचान विनाको संविधान ल्याउने कसरतमा लागेको उल्लेखगर्दै माओवादी अध्यक्ष प्रचण्डले संविधान जारी नहुँदासम्ममा सकारात्मक दवावको खाँचो औंल्याउनु भएको थियो ।