६ वैशाख काठमाडौं, - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मधेसी सभासद्ले मोर्चाबन्दी गरेका छन् ।
नयाँ संविधानमा मधेसका मुद्धा समावेश गर्न बुधबार राजधानीमा यादवको नेतृत्वमा सात सदस्यीय समिति बनेको हो । मोर्चाले बिहीबार साझा अवधारणाको ड्राफ्ट तयार गर्ने यादवले जानकारी दिए । मोर्चामा १५ दलका मधेसी सभासद् छन् ।
नयाँ संविधानको मस्यौदा तयार गर्ने दिन नजिकिंदै गर्दा महिला, जनजाति, मधेसी र क्षेत्रीय रुपमा सभासद् पनि एक हुन थालेका छन् । यसले संविधान निर्माणमा जटिलता थपिँदै जाने विश्लेषण गर्न थालिएको छ । कान्तिपुर