Responsive Ad Slot

latest

छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको अनियमितता छानविनगर्न उपसमिति I

Thursday, April 19

/ by Admin BHOLA THAPA


७ बैशाख काठमान्डौ । छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको आर्थिक अनियमितताबारे छानविनगर्न व्यबस्थापिका संसदको सार्वजानिक लेखासमितिले छानविन उपसमिति गठन गरेको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको समिति बैठकले एमाले सभासद भानुभक्त जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपमिति गठन गरेको हो । समितिमा काङ्ग्रेसकी कमला पन्त, माओवादीका टेकबहादुर बस्नेत, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमोदप्रसाद गुप्ता र राप्रपाका अलाउद्दिन अन्सारी सदस्य रहनु भएको छ ।
 समितिलाई स्थलगत अवलोकनगरी वैशाख मसान्तभित्रमा प्रतिवेदन पेशगर्न जिम्मा लगाइएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । खेलकुद प्रतियोगिताकोक्रममा बनाइएका भौतिक पूर्वाधार, खेलाडीका लागि खरिद गरिएका पोसाक तथा खाना र आबासमा समेत अनियमितता भएको आशंकामा लेखाले छानविन अगाडि बढाएको हो । 
 
खेलकुद राज्यमन्त्री गोपी अछामी, सचिव सुशील घिमिरे तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामासंगको छलफलपछि लेखाले उपसमिति गठन गरेको हो । बैठकमा सदस्य सचिव लामाले भौतिक पूर्वाधार निर्माणको काम भइरहेकोले निर्माण सम्पन्न भएपछिमात्र निश्कर्ष निकाल्न उपयुक्त हुने बताउनुभयो । उहाँले कुनै अनियमितता भएको भए कार्वाहीका लागि आफू तयार रहेको उल्लेखगर्दै सुक्ष्म छानविनगर्न माग गर्नुभयो । फागुन १४ देखी २१ सम्म छैठौ राष्टिय खेलकुद प्रतियोगिता धनगढिमा भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI