७ बैशाख काठमान्डौ । भावी संविधानका विवादित बिषयमा सहमति जुटाउने बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज बस्दैछ । प्रमुख तीन दलको बैठक मध्यान्ह् १२ बजेपछि सिंहदरवारमा रहेको शान्ति मन्त्रालयमा सुरु हुनेछ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकमा संविधानका विवादित विषयमा सहमति जुटाउने बारेमा छलफल हुनेछ ।
भावी संविधानका विवादका बुँदामा सहमति गर्नभन्दै हिजो दलहरुको बैठक बसे पनि शीर्ष नेताहरुको अनुपस्थितिका कारण बिभिन्न आयोग गठनको बारेमा सामान्य छलफल भएको थियो । दलहरूबीच अझै राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणाली लगायतका विषयमा सहमति जुट्न बाँकी छ । विवादित सबै विषयमा सहमति जुटाउन भन्दै यसअघि काठमाडौंको हात्तीवन रिसोर्टमा दलहरूको बैठक बसेको थियो ।