Responsive Ad Slot

latest

मधेसी कार्यदलले आज मस्यौदा सार्वजनिक गर्ने I

Thursday, April 19

/ by Admin BHOLA THAPA

७ बैशाख काठमान्डौ । मधेसका माग र मुद्दाबारेको मस्यौदा तयार गर्ने बारेमा छलफल गर्न मधेसी कार्यदलको बैठक केहीबेरमा सुरु हुँदैछ । सिंहदरवारमा अहिले केही समयपछि सुरुहुने कार्यदलको बैठकले छलफल गरेर मस्यौदाको टुङ्गो लगाउनेछ । 

भावी संविधानमा मधेसको मुद्दा समावेश गर्नभन्दै संविधानसभामा सहभागी बिभिन्न १५ दलका सभासद तथा नेताहरुको हिजोको बैठकले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मधेसी कार्यदल गठन गरेको थियो ।
 कार्यदल सदस्य रामरिजन यादवका अनुसार स्वायत्त मधेस प्रदेशलाई मुख्य आधार बनाएर मस्यौदा बनाउने बारेमा बैठकमा छलफल हुनेछ । बिगतका सरकार तथा प्रमुख दलहरुबीच भएका २२, ८ र ४ बुँदे सहमतिको समीक्षासहित कार्यदलले मस्यौदा बनाउनेछ ।

कार्यदलको मस्यौदाको बारेमा छलफल गर्न आजै मधेसवादी दलका नेता तथा सभासदको संयुक्त बैठक बस्नेछ । दिउँसो २ बजेपछि सिंहदरवारमा बस्ने बैठकले स्वीकृत गरेपछि मस्यौदा आज सार्वजनिक गर्ने कार्यदल सदस्य रामरिजन यादवले सीआईएनलाई जानकारी दिनुभयो । कार्यदलमा लक्ष्मणलाल कर्ण, शरत्सिंह भण्डारी, जितेन्द्र देव, रामरिझन यादव, गोपाल ठाकुर र बृशेषचन्द्र लाल सदस्य रहनुभएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI