७ बैशाख काठमान्डौ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत हिजो छुटेका बालबालिकाहरुलाई आज पनि भिटामिन ए क्याप्सुल खुवाइँदैछ । पहिलो दिनमा छुटेका बालबालिकाहरुले पनि भिटामिन खान पाउन भन्ने उद्वेश्यले आज पनि कार्यक्रमलाई जारी राखिएको हो । देशका ७५ जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ ।

करिब ३३ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र तीमध्ये ३० लाख बालबालिकालाई जुकाको औषधीसमेत खुवाइने कार्यक्रम रहेको छ । देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा स्थानीय महिला स्वयम्सेविकाले बालबालिकालाई भिटाभिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।