कर्ण बहादुर चन्द,
७ बैशाख डोटी । सिलगढी ७ वर्षदेखि अवरुद बनेको सुदूरपश्चिम क्षेत्रीय सदरमुकाम दिपायलको विमानस्थल अझै सन्चालनमा आउन सकेको छैन । पहिलो डोटी महोत्सव उद्घाटन गर्न फागुन १५ गते डोटी पुग्नु भएका पर्यटन मन्त्री लोकेन्द्र बिष्ट मगरले केही हप्तामानै विमान सन्चालन गर्ने भने पनि अझै चल्न नसकेको नागरिकको भनाइ छ ।

अवरुद रहेको दिपायल विमानस्थलमा परीक्षण उडानसमेत भइसकेको छ । यस्तै चैत्र २६ गते एकीकृत नेकपा माओवादी सेती महाँकाली राज्य समितिले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा आम भेलामा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि छिट्टै उडान हुने बाचा गर्नु भएको थियो । डोटीको मात्रै नभएर अछामको कमल बजार र साफेबगर, बझाङ, बैतडीको पाटनमा अझै पनि उडान हुन सकेको छैन ।