कपिल ज्ञवाली
बुटवल, २१ चैत । महिला हिंसाको बिरुद्धमा आज बुटवलमा मैत्री पूर्ण फुटवल प्रतियोगिता भएको छ । रुपन्देही ११ र जाउलाखेल युवा क्लव बीच भएको खेलमा रुपन्देही ११ बिजयी भएको छ । खेलको पहिलो हाफको १७ औ मिनेटमा बिजय थापाले हानेको गोल महिला हिंसा बिरुद्धको मैत्री पूर्ण खेलको निर्णायक गोल बन्यो । रुपन्देही ११ ले जाउलाखेललाई पूर्ण रुपमा दवावमा राख्दै गोलबाट बन्चित बनाएको थियो ।
साथी सस्था, एन्फा र रुपन्देही फुटवल संघको
सो अवसरमा साथी सस्थाकी अध्यक्ष बन्दना राणा, एन्फा रुपन्ेदहीका अध्यक्ष हरि श्रेष्ठ, महासचिव जगदिशचन्द्र आचार्य लगायतले बोलेका थिए ।