latest

विद्युत हाइभोल्टेजबाट चार घाइते I

Sunday, April 15

/ by Admin BHOLA THAPA
समुन्द्र पौडेल
३  बैशाख तनहुँ - विद्युत लाइनमा एक्कासी आएको हाइ भोल्टेजबाट आइतबार तनहुँका एकै गाउँका ३ सहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बसन्तपुर गाविस -३ रम्घाटारका ६० वर्षीया सरस्वती अर्याल १६ वर्षिया पवित्रा रानाभाट १० वर्षीय धुव्र घिमिरे र भाँनु ३ डाडाँगाउँकी ११ वर्षीया प्रविला रानाभाट रहेका छन् ।
घाइते मध्ये धुव्र घिमिरे र जुना रानाभाटलाई थप उपचारका लागि आइतबार साँझ नै काठमाण्डौतर्फ लगिएको स्थानीय बासिन्दा सुर्यनाथ पण्डितले बताए । 'हाइभोल्टेज आउँदा करेण्ट लागेर गाउँकै ३ जना घाइते भए,' उनले टेलिफोनमा भने, 'विद्युत सवस्टेशनलाई खबर गरेर विद्युत बन्द गर्न लगायौ ।'
 
गत चैत्र १५ गते समेत गाउँमा हाइभोल्टेजका कारण एक गाउँलेलाई करेण्ट लागेपछि डुम्रे स्थित सब स्टेशनलाई जानकारी गराएको उनले बताए । हाइभोल्टेजका कारण करेण्ट लागेर घाइते भएकी पवित्रा रानाभाटको गोर्खा पोलिक्लिनिक तुरतुरेमा उपचार भईरहेको छ ।
 
 करेण्ट लागेर हातमा फोका उठेपछि सरस्वती अर्यालले घरमै सामान्य उपचार गराईरहेको स्थानीय बासिन्दा दिनेश पण्डितले बताए ।
 
विद्युत लाइन फल्ट भएकाले शनिवारदेखी बन्द विद्युत सेवा परिक्षणको रुपमा आइतबार दिउँसो चार्ज गरेको समयमा गाउँलेलाई करेण्ट लागेको नेपाल विद्यतु प्राधिकरण डुम्रे सबस्टेशनका प्रशाखा प्रमुख धन बहादुर जिसिले बताए । 'हिजोदेखी बन्द विद्युत आइतबार दिउँसो परिक्षणका लागि चार्ज गरेका थियौ' उनले भने 'विद्युत नलागेपछि तुरुन्त विद्युत सेवा काटेका थियौ ।' आइतबार साँझमात्र जानकारी पाएकाले सोमबार घटनास्थल पुगेपछि मात्र घटना हाइभोल्टेजका कारण भएको वा अन्य प्राविधिक कारणले भएको जानकारी आउने उनले बताए ।source:etanahun

Don't Miss
© all rights reserved
made with by netKUTI