तनहुँ २१ चैत ।
तनहुँको खैरेनीटारमा संचालित चौथो खैरेनीटार महोत्सव सम्पन्न भएको छ ।
चैत्र १० गतेदेखी शुरु महोत्सवको सोमबार नेपाल उद्योग वाणिज्य महासंघका
पुर्व अध्यक्ष चण्डीराज ढकालले समापन गरेका हुन् ।
समापनको अबसरमा बोल्दै ढकालले नेपालको कला सस्कृतीलाई संगसंगै लैजान नसके
नेपाल विश्वको नक्साबाट एक्लो रहने बताए । राजनितीले देशको दिशा र्निदिष्ट
पार्ने भन्दै उनले राजनितीक पक्षलाई सरल ढंगले समय सापेक्ष परिस्कृत
गर्नुपर्ने बताए ।
महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य दामोदर आचार्य
तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मोहन विश्वकर्मा प्रथम
उपाध्यक्ष कृष्णराज पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
ुआर्थिक सामाजिक खेलकुदको विकास पयर्टन प्रबद्र्धन खैरेनीटार महोत्सब कला
सिप र संस्कृतिको संरक्षणु भन्ने मुल नाराका साथ चैत्र १० गतेदेखी शुरु
भएको महोत्सवमा साडे ३ लाख दर्शकले अवलोकन गरी सवा करोड बराबरको कारोबार
भएको महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताए ।
महोत्सव अवधीमा १२ जनाले दगाम गाउँ भ्रमण गरेको साडे ३ सय जनाले तिनखोले
देवी मन्दिरको दर्शन गरेको आयोजकले जनाएको छ । महोत्सव सोचे भन्दा राम्रो
भएको चौथो खैरेनीटार महोत्सवका संयोजक हरि बहादुर थापाले बताए ।
खैरेनीटार आसपासका क्षेत्रमा पर्यटकीय विकास संगै व्यवासयिक विकासका लागि
हरेक वर्ष तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईले महोत्सवको
आयोजना गर्दै आएको उनले बताए । महोत्सवमा कृषि सम्बन्धी अटो मोबाइल
व्यापारिक समाग्रीको विकि्र घरेलु तथा हस्तकला उत्पादन लगायतका १ सय ५५
स्टल रहेका थिए ।