Responsive Ad Slot

latest

एभरेष्ट क्लव चितवन फाईनलमा I

Sunday, April 22

/ by Admin BHOLA THAPA
सुवास लामिछाने,

१० बैशाख चितवन । चितवनको माडीमा जारी नकआउट फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाइनलको दोस्रो खेलमा एभरेष्ट क्लव चितवन विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एभरेष्टले समाज कल्याण काठमाण्डौलाई ० का विरुद्ध १ गोल अन्तरले पराजित गदै उपाधि नजिक पुगेको हो । उपाधिका लागि आयोजक वसन्तपुर युनाइटेड क्लव र एभरेष्ट क्लव विच १२ गते  हुने आयोजकले वताएको छ ।

 यसैबीच हिजो भएको सेमिफाइनलको पहिलो खेलमा आयोजक वसन्तपुर युनाइटेड विजयी हुदै फाइनलमा प्रवेश गरेको छ ।  “युवाहरुको बाटो कुलत र दुव्र्यशन होइन चेतना तथा राष्ट्र निर्माण हो” भन्ने मूल नाराका साथ खेल आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले नगद ५१ हजारसहित शिल्ड मेडल, प्रमाणपत्र र उपविजेताले २५ हजारस“गै शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता १२ गतेसम्म चल्नेछ ।


Don't Miss
© all rights reserved
made with by netKUTI