आश गुरुङ,

आगलागीमा परेर ८ वटा बाख्रा, एउटा पाठो, धान, मकै, कोदो, लत्ताकपडा सवै
जलेको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी प्रमुख
इन्स्पेक्टर दीपक ढुंगेलले जानकारी दिनुभयो ।
बाह्रविसेको फाँटमा रहेको एक्लो घरमा सोमबार राती झण्डै १० बजेतिर आगलागी
भएपछि समयमै आगो नियन्त्रणमा लिन नसक्दा लाखौँ रुपैँयाको धनमाल क्षति भएको
प्रहरीले जनाएको छ । घरमा सवैजना सुतिसकेको बेला आगलागी भएपनि मानवीय
क्षति हुन पाएन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको
छ ।