
बुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भू लगायत विहार र
गुम्बाहरुमा बिहानैदेखि बिशेष कार्यक्रम भैरहेका छन् । गौतम बुद्धले
प्रतिपादन गरेको धर्म र उपदेशहरु नेपालका साथै भारत, चीन, श्रीलंका, बर्मा,
थाईल्याण्ड, भुटान, जापान, मंगोलिया, कोरिया लगायत बिश्वका बिभिन्न देशमा
बुद्ध धर्मका रुपमा विस्तार भएका छन् । बुद्ध जयन्तीका अवसरमा शुभकामना
सन्देश दिंदै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रकृयालाई
निष्कर्षमा पुर्याई दीगो शान्ति बहाली र समयमै संविधान घोषणा गरी मुलुकमा
राजनीतिक स्थायित्व प्राप्त गर्न आफ्नो पार्टी दृढ रहेको उल्लेख गर्नुभएको छ
।
bikashbista tanahunkhabar