
कार्यक्रममा विभिन्न समयमा मन्दिर निर्माणमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ भने मन्दिर प्रवेश गर्ने मुख्य मार्ग निर्माणमा सहयोग गर्ने र श्रद्धालु भक्तजनहरुलाई स्थानीयले आज स्वागत गरेका छन् । तिनखोले देवीको मन्दिर १८८७ मा भएको लिखोटहरुमा पत्ता लागेको छ । तर पनि उचित प्रचार प्रसारको अभावमा छायाँमा परेको छ । देवीको दर्शनले चिताएको मनोकाक्षा पुरा हुने जन विश्वासले तनहुँ, कास्की, लम्जुङ्ग, नवलपरासीलगायतका स्थानबाट श्रद्धालुहरु दर्शनका लागि आउने गर्दछन् ।