मिस नेपालको उपाधि सृष्टि श्रेष्ठले जितिन्
चितवन पुर्ख्यौली घर भएकी २३ वर्षकी सृष्टि श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छिन्। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। आमा र बुबा एक दशकभन्दा अघिदेखि बेलायतमा रहेकोले उतै हुर्केबढेकी सृष्टिले बेलायतमा भएका विभिन्न अन्तर्राष्ट्रिय फेसन सोहरुमा सहभागिता जनाइसकेकी छिन्। त्यसैगरी त्यहाँका म्यागेजिनहरुमा र केही उत्पादनहरुका लागि मोडल बनिसकेको अनुभव सृष्टिसँग छ।