Responsive Ad Slot

latest

भट्टराईले राजीनामा नगरेसम्म एमाले सरकारमा नजाने

Thursday, May 3

/ by Admin BHOLA THAPA
काठमाडौं, वैशाख २१ - संविधानसभाको तेस्रो ठूलो दल एमाले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिएसम्म सरकारमा सामेल नहुने भएको छ ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले भट्टराईको बहुमतीय सरकारमा सामेल नहुने निर्णय गरेको हो । 'एमाले संविधानको धारा ३८ (२) अनुसार बनेको सरकारमा जाँदैन,' बैठकपछि एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले भने, 'प्रधानमन्त्रीले राजीनामा दिएर ३८ (१) अनुसारको सहमतीय सरकार बन्नुपर्छ ।'
अन्तरिम संविधानको धारा ३८ को उपधारा १ मा 'राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ' भन्ने छ । ३८ कै उपधारा २ मा 'उपधारा १ बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका-संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ' भन्ने उल्लेख छ ।
ओलीले माओवादी बुधबारको सहमतिभन्दा पछि हटेकोसमेत आरोप लगाए । 'माओवादी हिजोको सहमतिभन्दा पछाडि हटेको छ,' उनले भने
Don't Miss
© all rights reserved
made with by netKUTI