Responsive Ad Slot

latest

फोरम मोर्चाका कार्यकर्ताले पत्रिका जलाए

Friday, May 25

/ by Admin BHOLA THAPA
जेठ १२  (  तनहुँ खबर सम्बदाता ) ;बृहत मधेसी मोर्चाले आह्वान गरेको बन्दको समाचार प्राथमिकताका साथ प्रकाशन नगरेको भन्दै मोर्चाका कार्यकर्ताले आज बिहान सप्तरीको भारदहमा नागरिक दैनिक जलाएका छन्। मोर्चाका कार्यकर्ताले अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिक पत्रिका पनि जलाएका छन्।कोसी पश्चिमका जिल्लामा वितरणका लागि को १ च ५९२८ नम्बरको गाडीमा लगिएको नागरिक र रिपब्लिक पत्रिका आगजनी गरेका हुन्। कोसी पश्चिमका सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली लगायतका जिल्लाका लागि वितरणका लागि लगिएको सम्पूर्ण पत्रिका जलाएका छन्।

बिहान साढे चार बजे नागरिकसँगै अन्नपूर्ण र कान्तिपुर कोसी पश्चिम जनकपुरसम्म पत्रिका वितरणका लागि गाडी सँगसँगै थिए। बाटो अबरोध गरी बसेका मोर्चाका कार्यकर्ताले सवैभन्दा अगाडि रहेको को १ च ६११६ नम्बरको अन्नपूर्ण गाडी र त्यसपछि रहेको नागरिकको गाडीमा चढेर पत्रिका निकालेर पेट्रोल छर्केर आगजनी गरेको नागरिकका गाडी चालक जितेन्द्र चौधरीले बताए। झन्डै आठ जनाको संख्यामा रहेका मधेसी मोर्चाका कार्यकर्ताले नागरिक र अन्नपूर्ण पत्रिका जलाउँने वितिकै कान्तिरपुरको को १ च ४४४३ नम्बरको गाडी चालकले गाडी ब्याक गरी अर्कोबाटोबाट लाने क्रममा रुपनीमा पत्रिका जलाएका थिए।
नागरिक र रिपब्लिका गरी २ हजार ६ सय प्रति पत्रिका जलाइएको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI