बिनोद खड्का

एउटा ठूलो वर्ग जसोतसो जीवन धान्ने वर्ग
थियो र बाँकी पुरै विपन्न । तीनलाई शान्तिपूर्ण जीवनयापन गर्ने रहर थियो ।
उनीहरु आफ्नो गुजाराको दैनिकीका लागी शान्तिपूर्ण जीवनयापन अपरिहार्य
ठान्थे । यीनका रहर पुरा गर्न भगवानले त्यही देशको एउटा गाँउमा बस्ने
मायादेवी नामकी आईमाईका गर्भमा अर्को बुद्ध पठाईदिए । बीस बर्ष भईसक्यो रे
अझै ती आईमाईले गर्भदान गर्नै सकेकी छैनन रे । आज पनि कतिपय मान्छेहरु उनको
गर्भदानका आशामा छन रे ।
यो कुरा थाहा पाएकी भगवान पत्नीले
भगवानसंग बिन्ति गर्नु भएछ किन अर्को बुद्ध जन्मिएनन । तब भगवानलाई पनि रीस
उठेछ रीसाउँदै भनेछन “ती देशका ती मूर्ख जनताहरुले मेरो चाकडी गर्ने कि ती
भ्रष्ट नेताहरुको चाकडी गर्ने ? जबसम्म तीनले भ्रष्ट नेताहरुको चाकडी
गरिरहन्छन म तीनलाई सहयोग गर्न सक्दिन”
भगवान पत्नीले मुश्कुराउँदै बिन्ती गर्नु
भएछ “प्रभु, उनीहरु हजुरकै भजन गर्छन, मन्दिर जान्छन, घण्टौ लाईनमा बसेर
हजुरकै दर्शन गर्छन । त्यो भन्दा बढी उनीहरुले के नै गर्न सक्छन र प्रभु?”
भगवानले मुश्कुराउदै नै जवाफ दिनु भएछ “ती
त सन्तान माग्छन, धन सम्पत्ति माग्छन, पति माग्छन, पत्नी माग्छन, यो भए यो
दिउँला भनेर मलाई घुस भाक्लछन । हेर त पृथ्वीतलमा पुगेर त्यहाँ एउटा पनि
मान्छेले मसंग बुद्ध माग्दैन ।” भगवान पत्नीले सुईयय सुस्केरा हाल्नु भएछ ।
Khadkabinod02@yahoo.com