Responsive Ad Slot

latest

वन्दको अवज्ञा गरेको भन्दै दमौलीमा एक होटलमा बन्दकर्ताद्धारा तोडफोड

Monday, May 21

/ by Admin BHOLA THAPA
तनहुँ जेठ ८  बन्दको अवज्ञा गरेको भन्दै आदिबासी जनजाती महासंघ तनहूँका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय नजिकै रहेको एक होटलमा तोडफोड गरीदिएका छन् । बिहान ७ बजे खाना बनाउन लागेको अवस्थामा अलिकति खुला रहेको आफ्नो होटलभित्र प्रवेश गरेर बन्दकर्ता यूवाहरुले तोडफोड गरी रक्सीका सिसा फुटाउनुका साथै अभद्र व्यवहार गरेको होटल सञ्चालिका कल्पना खनालले बताउनुभयो ।
आफ्नो खाना खाने भान्सा नै त्यही भएको र खाना खाना साथ बन्द गर्ने बताउदा पनि यूवाहरुले आफूमाथि अपशब्द प्रयोग गर्दै सो केश, र्‍याक लगायतका शिशा फुटाएको र रक्सी समेत फुटाउदा करिब २० हजार भन्दा बढीको क्षति भएको उहाँले जानकारी दिनुभयो । यसैबिच घटनाप्रति जिम्मेवारी लिंदै आदिवासी जनजाति महासंघले क्षतिपूर्ति दिने बताएको छ ।
बन्दका क्रममा आंशिक रुपमा सटर खुलेकाले केही कार्यकर्ताले तोडफोड गरेको भएपनि आँफुहरुले घटनाको जिम्मेवारी लिंदै छलफलपछि क्षतिपूर्ति दिईने महासंघका सचिव सनम तामाङले बताउनुभयो । यसैबिच बन्दकर्ताहरुले दमौली भोर्लेटार चोकमा दिउँसो सभा गरेका छन् ।
सभाका क्रममा बोल्दै नेपाल राष्ट्रिय मगर संघका बरिष्ठ उपाध्यक्ष यम बहादुर आले,आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष राजेन्द्र कुमाल,निवर्तमान अध्यक्ष शंकरनारायण श्रेष्ठ,पूर्व अध्यक्ष हरिसिं गुरुङ,आदिवासी जनजाति युवा संघका अध्यक्ष सिद्धान्त थापा लगायत जनजाति नेताहरुले आँफुहरु जातीय नभै एकल जातिय पहिचानसहितको संघीयताको पक्षमा रहेको बताए ।
पाल टाँगेर बसेका बन्दकर्ताहरुले दिनभरजसो विभिन्न सांस्कृतीक नृत्य र गीत प्रस्तुत गर्दै ११ प्रदेशको सहमतिको विरोध गरेका थिए । वन्दका कारण शिक्षण संघ संस्था,पसल आदि ठप्प भए । यसअघिको वन्दमा तरकारी फलफूल जस्ता छिटो सड्ने वस्तु बिक्रि वितरण गर्न खुला गरिपनि आजको वन्दमा भने वन्दकर्ताहरुले खोल्न नदिएपछि तरकारी एवं फलफूल व्यपारीहरु मर्कामा परेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI