Responsive Ad Slot

latest

बन्द फिर्ता गर्न शीर्ष नेताको आग्रह

Monday, May 21

/ by Admin BHOLA THAPA
, काठमाडौँ, जेठ ८- आन्दोलनरत आदिवासी जनजातिको संयुक्त संघर्ष समिति र वृहद् मधेसी मोर्चालाई बन्द फिर्ता गर्न प्रमुख तीन दल र मधेसी मोर्चाका नेताले आग्रह गरेका छन्। चार दलले उनीहरुको माग जायज भएको तर अहिले सम्झौताको संविधान दिनका लागि विचार गरिदिन अपील गरेका थिए।आन्दोलनरत पक्षले भने पहिचानसहितको संघीयताको मागलाई सम्बोधन नभएसम्म बन्द निरन्तर राख्नेजवाफ दिएको समिति सचिवालयका संयोजक परशुराम तामाङले बताए।

'सरकारले वार्ता टोली गठन गरेको छ। अहिलेको वार्ता एजेन्डा प्रस्तुत गर्नेमा सीमित रह्यो, निर्णायक वार्ता अपराह्न ३ बजे सरकारी वार्ता टोलीसँग हुनेछ,' उनले बताए। सरकारले शान्ति मन्त्री टोपबहादुर रायमाझीको नेतृत्वमा राधा ज्ञवाली, सूर्यमान गुरुङ र महेन्द्र राय यादव रहेको वार्ता टोली गठन गरेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI